इन्द्रकुमार श्रेष्ठ सरित्
हरप्रहर कहरले भरिएको छ
अभाव चुलिएको छ
आशा बिथोलिएको छ
एक अँगालो झुल्के घाम हेनेॅ सपना
कहरको अघिल्तिर लम्पसार छ
न पीडा बुझ्छ यसले
न आँखाको आँसु नै पुछिदिन्छ
गरुँ लाख बिन्ती यो चट्टान भैदिन्छ
सँगै बस्न नि नसकिने
जाउँ भने भागेर कतै जान पनि नसकिने
थाहै नपाई चिथोर्छ यसले
तर पीडामा रुने छुट पनि दिंदैन यसले
म पीडित, तिमी पीडित, पीडित हामी सबै
सबैको पीडा मिसाएर पीडाकै समुद्र बनाउँदा पनि
यसलाई बगाई पठाउन नसकिने
कत्तिको जब्बर यो
कत्तिको अजीर यो
यसलाई मनाउनै नसकिने
हायलकायल म, तिमी, हामी सबै ।
समय कहर बनेर टक्क उभिएको छ
तर भोक उभिएको छैन
आवश्यकता शून्य भएको छैन
चलायमान भोकले भोजन खोज्छ
भोकको अघिल्तिर
केको नैतिकता केको स्वाभिमान
भोको पेटले किन सक्थ्यो र भजन गाउन
भोक सगरमाथा बनेर चुलिन्छ
भोकको अघिल्तिर इमान पनि
थाहै नपाई बरफ बनेर पग्लिन्छ
आफ्नो मात्र भोक भए त
स्वाभिमान र नैतिकताको पहाडले थिच्नुहुन्थ्यो
दूधे नानीको भोक असह्य भएपछि
सीमाहरू भत्किँदा केको आश्चर्य
यो कहरको बेइमानीले
इमानको बाटो समात्ने पनि ठाउँ रहेन।
छटपटीले मन बेचैन, तन बेचैन
दुःख साट्नलाई पनि अकोॅ सुखी कोही देखिएन
कोरोना कहर बनेर दाह्रा किट्दै
चारैतिर उभिएको बेलामा
बाढी र पहिरो प्राकृतिक विपत्ति भनेर
मेरै निधारमा बज्रिन्छ
ओतिन ओत छैन
अघाउन खोलेफाँडो छैन
छैन कुनै आधार टेक्ने अनि समाउने
जिन्दगीको मैदानमा म थाकेको सैनिक
तैपनि जिन्दगीलाई विनागोलीगट्ठाकै
युद्धको मैदानमा धकेलेर
आफू निस्स्पृह बस्न पनि सकिएन ।
नत टेक्ने ठाउँ, नत समाउने ठाउँ
तैपनि जिन्दगीको मोह छ चकोॅ
अँगालोबाट जिन्दगी उम्किएला कि भन्ने पीर
पीर, अभाव र निराशाका बीचमा पनि
झुल्के घाम भेट्ने चाहना
नुहाएर घामले घामलाई नै हेरिरहने सपना
मनको रंगशालामा भकुण्डो खेलिरहन्छ
अनि मलाई सुटुक्क भन्छ ए मान्छे
उठ्, जुरुक्क उठ् तँ र मसँगै जँघार तनेॅछौं
र,
गन्तव्यसम्मको यात्रासँगै गनेॅछौं
चुचुरामा पुगेर भुकभुके उज्यालोको कुण्डमा
आजीवन सँगसँगै नुहाउँनेछौं ।
प्रकाशित: २९ श्रावण २०७७ ०५:४३ बिहीबार