त्रिविक्रम पाण्डे
आफैंलाई म सम्झाउँँ कति
सत्यलाई असत्य बताउँ कति
एकाेहाेराे थियो त्यो प्यार मेरो
तिमीमाथि हक देखाउँ कति
मेरो यो मन राख्नका लागि
तिमी सपनामा आउल्याै कति
दुनियाँदारीकाे हर चङ्गुुलबाट
म अब यहाँ जाेगियुँला कति
आखिर आफ्नो बेकुफीसँँग
‘गुमनाम’ म सधैँ लडाैँला कति ।
प्रकाशित: १६ श्रावण २०७७ ०७:०४ शुक्रबार