कोभिड–१९ का कारण विश्वमा त्रास छ। उद्योग व्यवसायले गती लिन सकेका छैनन्। अर्थतन्त्र मन्द जस्तै छ। जसले गर्दा ठूलो संख्यामा रोजगारी गुम्ने खतरा बढेको छ। यस बीचमा विश्वमा थुप्रै क्षेत्र धरासायी भएका छन्। त्यस्तै नेपाली रंगकर्म क्षेत्र पनि यतिबेला ठप्प छ। करोना पछि नेपाली रंगमञ्चको भविष्य कस्तो हुन्छ? अब रंगकर्मले पुरानै लयमा फर्काउन कस्तो बाटो अपनाउनु पर्ला? यिनै विषयमा रंगकर्मी सुनिल पोखरेलसँग नागरिकन्यूजकर्मी पवन बराइलीले गरेको वार्ताको सम्पादित अंशः
लकडाउनमा समय कसरी बिताउनु भयो ?
अरु समयमा पनि एक्लै बस्न रुचाउने मान्छे हो। पुस्तक अध्यन गरे। सिनेमाहरु हेरेँ। यसरी नै समय वित्यो। मैले गम्भीर पुस्तक र सिनेमा हेरिन। किनभने फ्यान्टासी थ्रिलर सिनेमाहरु हेरेँ। र पुस्तक पनि त्यस्तै अध्ययन गरेँ। गम्भीरता तिर जान मन लागेन। टीनएजरहरुको लागि लेखेको फेन्टासी पुस्तकहरु अध्ययन गरेँ। मलाई फ्यान्टासी पहिलेदेखि नै मन पर्छ। किनभने जीवनमा फ्यान्टासी भएन भने बाँच्न गाह्रो हुन्छ। दुनियाँ त्यसै गाह्रो छ। त्यसलाई भोग्नु नै छ। केहि समय फ्यान्टासीको मजा लिऔं भनेर अध्ययान गरेँ।
कोभिड–१९ प्रकोप रहुन्जेल रंगमञ्चको गतिविधि हुन गाह्रो हुन्छ। सोसल नेटवर्कको माध्यमबाट नै अगाडि बढेपनि स्टेजमा जस्तो रमाउन सकिँदैन। जुन दिन प्रकोपको असर सकिएला त्यो दिन फेरि नाटक घरहरुमा नाटक मञ्चन हुनेछ। तत्काल केहि पनि देखेको छैन। अरु जस्तो अनलाइनको माध्यमबाट रंगमञ्चलाई खासै ‘इन्जोइ’ गर्न सकिँदैन्। नाटकलाई प्रत्यक्ष रुपमा हेर्नको अर्कै मज्जा छ। प्रत्यक्ष हेर्नु नै रंगमञ्च नाटकको स्वादै बेग्लै हुन्छ। त्यसको चरित्र पनि हो। तत्कालै नेपाली रंगमञ्चको अवस्था कस्तो होला भन्ने कुरा अनुमान गर्न सकिँदैन।
मान्छेहरु मरिरहेको सुन्दा दिक्क लाग्छ। लकडाउनको बेलामा अस्पताल पनि ठेलामा लैजानु पर्ने अवस्था। यस्तो देख्दा मन अशान्त भयो। विरक्त लाग्छ। आफ्नो बुँदमा केहि छैन्। केहि गर्न नसकिने। कतिपय साथीहरुले केहि सहयोग पनि गर्नु भयो। धेरै कलाकार साथीहरुले गर्नु भयो। म काठमाडौंबाट टाढा बस्छु।
म लकडाउनको समय खासै बाहिर निस्किन। विहान घर वरिपरमा हिडे। दुध लिन जानु पर्यो भने मात्रै बाहिर जान्छु। पहले पनि काम हुँदा मात्रै बाहिर निस्कन्छु। बानी परेको छ। खासै दैनिकीमा फरक आएन। वास्तवमा यो तीन महिना वितेको चालै पाइन।
उत्साह प्राप्त गर्न आ–आफ्नै तरिका हुन्छ। म चाहि पुस्तकबाट उत्साह प्राप्त गर्छु। पुस्तक अध्ययन गर्दा नयाँ संसार खुल्छ। म त्यहिँबाट नयाँ उत्साह प्राप्त गर्छु। जीवनमा पुस्तकले मलाई सहयोग गर्छ। सबैले यसरी उत्साह प्राप्त हुन्छ भन्दिन्। कसैलाई संगीत मन पर्छ, कसैलाई शारीरिक व्ययमबाट होला तर आफूलाई कसरी उत्साह प्राप्त होला भनेर थाहा पाउनु आवश्यक छ।
अबको रंगमञ्च पुरानै लयमा कसरी फर्किएला ?
कोभिड–१९ प्रकोप रहुन्जेल रंगमञ्चको गतिविधि हुन गाह्रो हुन्छ। सोसल नेटवर्कको माध्यमबाट नै अगाडि बढेपनि स्टेजमा जस्तो रमाउन सकिँदैन। जुन दिन प्रकोपको असर सकिएला त्यो दिन फेरि नाटक घरहरुमा नाटक मञ्चन हुनेछ। तत्काल केहि पनि देखेको छैन। अरु जस्तो अनलाइनको माध्यमबाट रंगमञ्चलाई खासै ‘इन्जोइ’ गर्न सकिँदैन्। नाटकलाई प्रत्यक्ष रुपमा हेर्नको अर्कै मज्जा छ। प्रत्यक्ष हेर्नु नै रंगमञ्च नाटकको स्वादै बेग्लै हुन्छ। त्यसको चरित्र पनि हो। तत्कालै नेपाली रंगमञ्चको अवस्था कस्तो होला भन्ने कुरा अनुमान गर्न सकिँदैन।
विस्तारै स्थिति सामान्य हुँदै गयो भने शारीरिक दुरी कायम गरेर काम गर्न सकिन्छ। अहिले दैनिक रूपमा संक्रमणको संख्या बढिरहेको छ। नाटक एउटा बन्द ठाउँमा गर्ने भएकोले दर्शकसँग साक्षत्कार गर्नु पर्छ। यसकारण तत्काल काम गर्ने स्थिति देखिदैन। तर केहि सानो खर्चमा काम गर्न सकिन्छ।
रंगकर्मीहरुले सहज बाटोमा फर्कन कस्तो बाटो अपनाउनु पर्ला ?
अहिले रंगकर्मबाट मात्रै निर्भर भएका साथीहरुले अन्य विकल्प खोज्नु पर्छ। तत्काल नाटक घरहरु सुरु हुने लक्षण देखिएको छैन। नाटकहरु तत्काल नहोला। नाटक सुरु भएपनि पहिले जस्तो दर्शक आउँदैनन्। दर्शक आएता पनि आर्थिक गतिविधिहरु कमै हुन्छ। अहिलेको अवस्थामा अरु विकल्पहरु पनि खोज्नु पर्छ।
पछिल्लो समय रेडियो नाटक पनि सुरु गर्न सकिन्छ। जसमा थोरै मान्छेहरु हुन्छन्। जुन समाजिक दुरी कायम गरेर सम्भव छ। र काठमाडौं बाहिरबाट आएर रंगकर्ममा संघर्ष गरिरहेका साथीहरुले अवस्था सामान्य नहुन्जेल घर फर्कन सकियो। घर परिवारलाई काम गर्न सघाउने। यसरी आफुलाई पुरानै बाटोमा फर्किन सहज हुने गरि समय विताउन सकिन्छ।
यस्तो अवस्थामा एउटा स्वतन्त्र रंगकर्मीको जीवन कसरी चल्छ ? सबैतिर बन्द खुले पनि पहिलेको आम्दानीको बाटो पनि बन्द छ ? तपाई के भन्नुहुन्छ ?
अहिले सोच्ने समय हो। आफूले आफ्नो बारेमा मन्थन गर्ने समय पनि हो। म के गरिहेको छु? आफूले गरेको पेशाप्रति कतिको तयारी छु ? मैले कसरी काम गर्नु पर्छ? मैले कति सिक्न बाँकी छ? आफ्नो जीवनबारे समीक्षा गर्ने समय पनि हो। साथै राम्रा सिनेमा हेर्ने। तालिम वा प्रशिक्षणका कामहरु गर्न सकिन्छ। समाजिक दुरी कायम गरेर। पुस्तकहरु पढ्ने। अहिलेको समयलाई व्यतित गर्यो भने राम्रो हुन्छ। रंगकर्ममा धेरै पैसा कमाउँछु भनेर आउने पनि हैन। त्यो सोच राखेर आयो भने गलत हो।
सबै तिर निराशा मात्रै छ। यस्तो अवस्था डिप्रेशनमै जाने खतरा बढ्ला नि ?
मानिसको जीवनमा डिप्रेशन हुन्छ। यो मनोविज्ञानले भनेको कुरा हो। अपवादमा केहिलाई नहोला तर अधिकाशं मानिसलाई डिप्रेशन भएकै हुन्छ। डिप्रेशनलाई आफैले जित्नुपर्छ। मलाई दुई तीन पटक डिप्रेशनलाई जितेर आएको हुँ। यसबारे मलाई राम्रोसँग थाहा छ।
यो अवस्थामा अध्ययन गर्ने, संगीतहरु सुन्ने, शारीरिक व्ययम गर्ने यसरी पनि कन्ट्रोल गर्नु पर्छ। साथीभाईसँग फोनबाट भएपनि कुराकानी गर्ने एक्लै धुमधुती नबस्ने। यसरी पनि डिप्रेशनबाट उम्किन सकिन्छ।
यो जीवनको स्वभाविक फेज पनि हो। तपाई मात्रै त्यसको सिकार भएको नसम्झनुस्। तपाई मात्रै पहिलो मान्छे होइन। निराश भयो भने झनै त्यसैमा डुब्दै जानु हुन्छ। जीवन धेरै आशाहरु छन्। एउटा सानो आशलाई समान्तु भयो भने त्यसले पनि ठूलो आश देखाउँछ। सकरात्मक तिर लैजान्छ। जुन सुकै बेलामा पनि आफूलाई सकरात्मक राख्नुपर्छ।
अब कसरी नाटक मञ्चन गर्न सकिन्छ ?
शारीरिक दूरी कायम गरेर भए पनि नाटकहरु सुरु गर्नु पर्छ। कम खर्च लाग्ने नाटक गर्नु पर्छ। बन्द खुल्ला ठाउँहरुमा नाटकहरु गर्नु पर्छ। अब सुरु हुँदा नेपाली रंगमञ्चले अलि फरक बाटो लिन्छ जस्तो लाग्छ। जब सामान्य बाटो लिन्छ। अनि मात्रै भन्न सकिन्छ। कस्तो बाटो लिन्छ अहिले भन्न सक्ने अवस्था छैन। केहि समय कुर्नु पर्छ। पुरानै शैलीमा रंगमञ्च सुरु हुँदैन।
प्रकाशित: ९ श्रावण २०७७ ०९:१२ शुक्रबार