२८ आश्विन २०८१ सोमबार
image/svg+xml
कला

लकडाउन– २

लघुकथा

इन्दिरा प्रसाई

– हजुर !

पट्यारिलो दिन एक्लै कुकुरसँग मात्रै बिताएकी स्वास्नी चाहिँले नशामा धुत लोग्नेसँग मनको गुम्फन पोख्ने प्रयत्न गरेकी थिई ।

‘किन स्वर मलिन पार्यौ मेरी प्यारी ।’ सधैँझैँ  नशापछिको अर्को महानशामा डुब्न लालयित लोग्नेको स्वर सुनिएको थियो ।  ‘अझै लकडाउन थपिस्सेछ हजुरहरूले हाम्रो त गावैँ भोकमरीले सखाप हुन्छ  होला साहेब्नी’ भनेर साइँली आज फोनमै रोई ।

 महिला द्रवित स्वर मधुरो नाइट बल्वको उज्यालोमा पनि प्रष्ट सुनिएको थियो ।

‘यतिबेला पनि यस्तो कुरा गर्नुहुन्छ त मेरी स्वर्गकी अप्सरा ! आऊ पहिले हामी स्वर्गीय अनुभूति लिइहालौँ है ।’ निर्वस्त्र पुरूषको कामुक आवाज कोठाभरि छरिएको थियो ।

– हजुर !

नाइटी पहिरिसकेकी स्त्रीको अनुनयी आवाज पुनः जवाफकै अपेक्षामा  थियो ।  

‘त्यसै तिमी आइमाईहरूलाई राज्यको निर्णायक तहमा नपुर्याइएको हो र ? जति घोकाउँदा पनि तिमीहरूका दिमागमा अर्थतन्त्र कहिल्यै घुस्तैन है ! ताई  न तुई साँइली र माइलीको रोना रुन्छेस्!  । ए मूर्ख कुजात, यसपालिको कमाइले छोरीलाई अस्ट्रेलियामा घर किनिदिउँला भनेर त्यत्रो अस्ति नै भन्या होइन ? थुक्क तेरो भुस भरिएको दिमाग ! ’ वस्त्र पनि नपहिरेर लमतन्न तन्किएको पुरुष निन्द्रामा पुग्न खोज्दै थियो ।

प्रकाशित: २ श्रावण २०७७ ०६:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App