२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

नवाजुद्दीन सिद्दीकी श्रीमतीले पठाइन् सम्वन्ध विच्छेदको नोटिस्

बलिउडका महसुर कलाकार नवाजुद्दीन सिद्दीकी आफ्नो अभिनयका कारण चर्चित छन्। उनको बारे एउटा खबर बाहिरिएको छ। उनकी श्रीमती आलिया सिद्दीकीले सम्वन्ध विच्छेदका लागि कानुनी प्रक्रिया थालेकी छन्। उनले नवाजुद्दीनलाई कानुनी नोटिस समेत पठाएकी छन्। उनले जीवन निर्वाह भत्ता र सम्वन्ध विच्छेदको माग गर्दै कानुनी नोटिस पठाएकी हुन्।

आलियाका वकिल अभयका अनुसार लकडाउनका कारण स्पीड पोष्टको सुविधा नभएका कारण नवाजुद्दीनलाई इमेल र व्हाट्सएप मार्फत नोटिस पठइएको छ। यस विषयमा नवाजको जवाफ प्राप्त नभएको उनले बताएका छन्। आलियाले नवाजुद्दीन र उनको परिवारलाई गम्भिर आरोप लगाएको उनका वकिलले बताएका छन्। उनीहरुबीच २००९ मा विवाह भएको थियो। ४५ वर्षिया नवाजुद्दीन १२ मेमा आमालाई लिएर उत्तर प्रदेशको आफ्नो गाउँ बुढाना आएका छन्।

 

 

प्रकाशित: ६ जेष्ठ २०७७ १५:५५ मंगलबार

कलाकार सम्वन्ध विच्छेद