१६ वैशाख २०८१ आइतबार
image/svg+xml
कला

कोरोना नियन्त्रण गर्न रिहानाको सहयोग

लस एन्जल्स – गायिका रिहानाले कोरोना भाइरस संक्रमणविरुद्ध लड्न पाँच मिलियन अमेरिकी डलर (५५ लाख रूपैयाँ)को सहयोग गरेकी छन्। उनले क्लारा लियोनेल फाउन्डेसनमार्फत कोरोना संक्रमणको महामारीविरुद्ध लड्न सो रकम सहयोग गरेकी हुन्।

गायिका रिहानाले प्रदान गरेको पाँच मिलियन अमेरिकी डलर निम्न आर्थिक अवस्था भएका समुदायका मानिसहरूको सहयोगार्थ खर्च हुने फाउन्डेसनले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। ‘उनले उपलब्ध गराएको रकम संक्रमणको जोखिममा रहेका समुदायहरूमा सेवा गरिरहेको खाद्य भण्डार केन्द्र, विपन्न देशहरूमा संसाधन परीक्षण, स्वास्थ्यकर्मीको लागि सुरक्षा उपकरण र प्रशिक्षण र श्वासप्रश्वासको आपूर्ति वितरणमा खर्च हुनेछ,’विज्ञप्तिमा उल्लेख गरिएको छ।

सो फाउन्डेसनले डाइरेक्ट रिलिफ, फिडिङ अमेरिका र विश्व स्वास्थ्य संगठनलगायत संस्थासँग सहकार्य गरेर विभिन्न च्यारिटी गरिरहेको छ। गायिका रिहानाले सन् २०१२ मा सो फाउन्डेसनको सुरुआत गरेकी थिइन्। यसअघि अभिनेता रेयान रेनाल्ड्स, ब्लेक लाइभ्लीले कोरोना भाइरस संक्रमणका पीडितलाई सहयोग गर्न १५ लाख रूपैयाँ सहयोग गरेका थिए।

प्रकाशित: १० चैत्र २०७६ ०३:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App