१७ वैशाख २०८१ सोमबार
image/svg+xml
कला

‘कुमाता’ कथा संग्रह सार्वजनिक

गैंडाकोट – लेखक वसन्त पराजुरीको कथा संग्रह विमोचन भएको छ। सोमबार गैंडाकोटमा आयोजित कार्यक्रममा साहित्यकार श्रीओम श्रेष्ठ रोदन र लेखककी आमा गोमा पराजुलीले संयुक्त रूपमा ‘कुमाता’ नामक कथा संग्रह विमोचन गरेका थिए।

अक्षर समूह चितवनले आयोजना गरेको कार्यक्रममा एकनारायण पौडेलले पुस्तकको समीक्षा गरेका थिए। भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको पुस्तकमा गरिबी, वैदेशिक रोजगारी, प्रेम, विश्वास र धोकाजस्ता सन्दर्भहरू रहेको बताए।

‘कुमाता’ मा समावेश १० कथाहरू सामाजिक यथार्थमा आधारित रहेको लेखक पराजुलीले बताए। ‘कुमारी आमाले समाजको डर मान्दै नवजात शिशुको हत्या गरेको हुँदा सन्दर्भलाई समेटेर पुस्तकको नाम कुमाता राखिएको हो। कुमाता शब्दले मनमा चिसो पसेको छ भने म सबै माताहरूसँग माफी माग्न चाहन्छु,’ उनले भने।

साहित्यकार श्रीओम श्रेष्ठ रोदनले लेखक पराजुलीलाई पुस्तक लेख्न हत्तार नगर्न आग्रह गरे। ‘मेरा ११ वटा कृति प्रकाशित छन्। अहिले कृति निकाल्न डर लाग्छ। लेखकले कृति निकाल्न कहिल्यै हत्तार गर्न हुँदैन,’ उनले भने, ‘जीवनभर सिर्जना र साधनामा रम्नेहरू कहिल्यै मर्दैनन्। अरूमार्फत लेखाएर लेखक बन्नेहरू कृत्रिम हुन्। साहित्य भनेको साधनाको मार्ग हो। जसले सिर्जनामा विश्वास गर्छ।’ कार्यक्रममा हरिहर पौडेल, एलबी क्षेत्री र भूपिन खड्कालगायतले आ–आफ्नो धारणा राखेका थिए।

प्रकाशित: २७ फाल्गुन २०७६ ०५:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App