२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

बर्लिनमा एसियाली फिल्मको वर्चस्व

बर्लिन (एजेन्सी) – यस वर्षको बर्लिन फिल्म महोत्सवमा महोमम्द रसौलौफको इरानी फिल्म ‘देर इज नो इभिल’ उत्कृष्ट हुँदै गोल्डन वियर जितेको छ। शनिबार बर्लिनमा आयोजित समारोहमा इरानमा कायम रहेको मृत्युदण्डको सजायको आलोचना गरिएको फिल्मले गोल्डन वियर प्राप्त गरेको थियो।

अभिनेता जेरेमी आइरन्सको निर्णायक टोलीले महोत्सवमा विभिन्न विधाका उत्कृष्ट फिल्महरू छनोट गरेका थिए। महोत्सवको यो ७० औं संस्करण हो। सन् २०१७ मा इरानी सरकारले महोमम्द रसौलौफलाई फिल्म निर्देशन गर्न र देश छोड्न प्रतिबन्ध लगाएपछि उनी सो समारोहमा उपस्थित थिएनन्। छैटौं फिल्म ‘देर इज नो इभिल’ उनले गोप्य रूपमा निर्माण गरेका थिए।

समारोहमा अमेरिकी निर्देशक एलिजा हिटम्यानको ‘नेभर रियर्ली समटाइम्स अलवेज’ सिल्भर वियर ग्रान्ड जुरी अवार्ड जित्न सफल भएको थियो। ‘द वुमन हु रन’ फिल्मबाट कोरियाली होङ स्याङ सोले सिल्भर वियर उत्कृष्ट निर्देशकको अवार्ड जिते। त्यस्तै ‘अनडिना’ फिल्मबाट पाउला विअरले उत्कृष्ट अभिनेत्री र इटालीको ‘हिडन अवे’ फिल्मबाट इलियो जर्मनोलले उत्कृष्ट अभिनेताको अवार्ड जितेका थिए। फाबिओ र डाम्यानो डिइनोसेन्जोले समारोहमा ‘ब्याड टेल्स’ फिल्मबाट उत्कृष्ट पटकथाको अवार्ड जितेका थिए।

कान्स र भेनिस फिल्म महोत्सवपछि युरोपको सबैभन्दा प्रतिष्ठित ११ दिने महोत्सव गत फ्रेबुअरी २० देखि सुरु भएको थियो। कम्बोडियन भेट्रान रिती पानको डकुमेन्ट्री ‘इराडियस’ उत्कृष्ट डकुमेन्ट्री र ब्राजिलको ‘लेस कन्डोक्टोस’ उत्कृष्ट फिचर फिल्म घोषित भएको थियो। यस वर्षको बर्लिनलेल बेनोटा डिल्पाइन र गुस्ताभ केर्भनको ‘डिलिट हिस्ट्री’ घोषित भएको थियो।

प्रकाशित: १९ फाल्गुन २०७६ ०४:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App