९ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

प्रियंका र आयुष्मानले गरे ‘कोर्ट म्यारिज’

काठमाडौं – अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीले बिहीबार कोर्ट म्यारिज गरेका छन्। सामाजिक सञ्जाल इन्स्टाग्राममा ब्याच्लर पार्टीदेखि मेहेन्दीसम्मको फोटोहरू भाइरल भइरहँदा बिहीबार यी जोडीले ललिलपुर जिल्ला अदालत पुगेर कोर्ट म्यारिज गरेको स्टोरी पोस्ट गरेका थिए।

दुवैले आ–आफ्नो इन्स्टाग्राममा विवाहको फोटो राख्दै लेखेका छन्, ‘मिस्टर एन्ड मिसेज।’ अभिनेत्री कार्कीको जन्मदिनको अवसर पारेर निकट व्यक्तिहरूको उपस्थितिमा एक अर्कालाई माला लगाइदिएर यी जोडीले कोर्ट म्यारिज गर्दै विवाह दर्ता गराएका थिए। यसअघि उनीहरूले फागुन १५ मा विवाह गर्ने बताएपनि स्वरुप भने सार्वजनिक गरेका थिएनन्।

‘कथा काठमाडौं’ फिल्मको सुटिङको क्रममा उनीहरूबीचको प्रेम सम्बन्ध बाहिरिएको थियो। डेढ वर्षको अवधिमा दुई पटक इन्गेजमेन्ट गरेका यी जोडीले यसअघि असारमा विवाह गर्ने तयारी गरेका थिए। नौ वर्षअघि विवाह बन्धनमा बाँधिएका अभिनेत्री कार्की र रोचक मैनालीबीच डिर्भोस भएको थियो।

प्रकाशित: १६ फाल्गुन २०७६ ०२:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App