११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
कला

भैरव रिसाल पुरस्कृत

काठमाडौं - युद्धप्रसाद मिश्र प्रतिष्ठानले पत्रकार भैरव रिसाललाई पुरस्कृत गरेको छ। मंगलबार राजधानीमा युद्धप्रसाद मिश्रको ३०औं स्मृतिको अवसरमा प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले पत्रकार भैरव रिसाललाई २१ हजार रुपैयाँसहित युद्धप्रसाद मिश्र पुरस्कारबाट पुरस्कृत गरेका थिए।

कार्यक्रममा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले युद्धप्रसाद मिश्रलाई गणतन्त्रवादी कवि घोषणा गर्न सरकार प्रतिबद्ध रहेको बताए। ‘युद्धप्रसाद मिश्रलाई गणतन्त्रवादी कवि घोषणा गर्न सरकार प्रतिबद्ध रहेको छ,’ उनले भने, ‘नेपाली भूमि संरक्षण गर्ने अभियानमा पत्रकार रिसालको महत्वपूर्ण योगदान पु¥याएका छन्। उनी नयाँ पुस्ताका लागि प्रेरणाको स्रोत हुन्।’ उनले कार्यक्रममा ‘युद्धप्रसाद मिश्र डटकम’ नामक अनलाइनको शुभारम्भ गरेका थिए।

सम्मानित पत्रकार भैरव रिसालले युद्धप्रसाद मिश्र पुरस्कार पाउँदा सन्तुष्ट भएको बताए। ‘हालसम्म मैले धेरै पुरस्कार पाइसकेको छु। मैले पाएको पुरस्कारमध्ये यो पुरस्कार अमूल्य छ। कारण पहिलो गणतन्त्रवादी कविले गणतन्त्र शब्दमार्फत समाजमा प्रभाव पारेका थिए,’ उनले भने।

कार्यक्रममा बोल्दै नेपाल प्रज्ञा प्रतिष्ठानअन्तर्गत काव्य विभाग प्रमुख हेमनाथ पौडेलले कवि युद्धप्रसाद मिश्र र पारिजात फरकबाट सशक्त धारमार्फत साहित्यिक क्षेत्रमा योगदान दिएको बताए। त्यस्तै कवि मिश्रमाथि विद्यावारिधि गरेका पशुपतिनाथ तिमिल्सिनाले विसं. १९८६ देखि २०४७ सालसम्मको अवधिमा उनले साहित्यमा महत्वपूर्ण योगदान दिएको जानकारी गराए।

प्रकाशित: ७ फाल्गुन २०७६ ०४:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App