१० मंसिर २०८१ सोमबार
image/svg+xml
कला

पाइलट बन्दै कंगना

मुम्बई – बलिउड अभिनेत्री कंगना रनावत पाइलटको भूमिकामा देखिने भएकी छन्। भारतीय सञ्चारमाध्यमहरूका अनुसार सर्वेश मेवाडाको ‘तेजस’ फिल्ममा अभिनेत्री रनावत वायुसेनाको पाइलटको भूमिकामा देखिने भएकी हुन्। रोनी स्क्रुवालाको प्रोडक्सन हाउसले सामाजिक सञ्जाल ट्वीटरमार्फत नयाँ फिल्मबारे जानकारी गराएको थियो। अभिनेत्री रनावतलाई उल्लेख गर्दै ट्वीटमा गरिएको छ, ‘आकाशको अग्र भागमा प्रवेश गरेका छौं। अभिनेत्री रनावत वायुसेना पाइलटको रूपमा देखिनेछिन्।’

अभिनेत्री रनावतले सामाजिक सञ्जाल
इन्स्टाग्राममा फोटो पोस्ट गर्दै फिल्म वायुसेनाहरूप्रति समर्पित गरेकी छन्। ‘भारतीय वायुसेनाका बहादुर महिला र पुरुषहरूप्रति यो फिल्म समर्पित गर्न चाहन्छु। जो दिनरात देशको सुरक्षामा खटिन्छन्,’ उनले लेखेकी छन्।

यसअघि उनले दीपिका पादुकोणलाई एसिड आक्रमणबाट पीडितहरूमाथि व्यंग्य गरेको आरोप लगाएपछि विवादमा परेकी थिइन्। अभिनेत्री पादुकोणको ‘छपाक’ फिल्म प्रमोसनको दौरान तयार गरिएको भिडियोमा मेकअप आर्टिस्टसँग मिलेर एसिड आक्रमणबाट पीडितमाथि व्यंग्य गरेको तर्क उनले गरेकी थिइन्।

सो भिडियोलाई लिएर सामाजिक सञ्जाल विभिन्न टिकाटिप्पणी भइरहेको अवस्थामा उनले भनेकी थिइन्, ‘मेरी बहिनी रंगोली एसिड आक्रमणकी पीडित हुन्। सो भिडियाले उनलाई ठेस पुर्याएको छ। मेरी बहिनीजस्तै अन्य पीडितहरूलाई यस भिडियोले पीडा दिएको हुँदा दीपिकाले माफी माग्नुपर्छ।’

प्रकाशित: ७ फाल्गुन २०७६ ०४:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App