१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
कला

भूषिता र सैजनको नेतृत्वमा पब्लिकेसन नेपालय

काठमाडौं – पब्लिकेसन नेपालयले २०२० देखि प्रकाशनको कार्यकारी जिम्मेवारी नयाँ नेतृत्वलाई सुम्पेको छ। प्रकाशनसँग सम्बन्धित व्यवस्थापकीय र प्रकाशकीय दुवै क्षेत्रलाई अब महिलाहरूले सम्हाल्ने भएका छन्। नेपालयका अनुसार व्यवस्थापनको नेतृत्व सैजन मास्के र प्रकाशनको नेतृत्व भूषिता वशिष्ठले सम्हाल्ने छन्। लामो समयदेखि नेपालयसँग सम्बन्धित सैजन मास्के बजार व्यवस्थापनको विद्यार्थी हुन्। अंग्रेजी साहित्यको अध्ययन गरेकी भूषिता भने सृजनशील लेखकका साथै उत्सुक पाठक पनि हुन्।

‘हाम्रो नयाँ टिमले पब्लिकेसन नेपालयका प्रकाशोन्मूख कृतिहरूमा मात्र होइन नेपाली प्रकाशन उद्योगमै ताजापन र जाँगर थप्छ भन्ने विश्वास लिएको छु’ नेपालयका संस्थापक किरण कृष्ण श्रेष्ठ भन्छन्,‘हाम्रो प्रकाशनको नयाँ नेतृत्वले यस उद्योग र नेपाली पाठकका निम्ति थप महत्वपूर्ण योगदान गर्ने कुरामा म विश्वस्त छु।’

पब्लिकेसन नेपालयको यो टिमले अब प्रकाशन तालिकासहित कृतिहरू प्रकाशन गर्ने काममा जुटेको छ। आफ्नो प्रकाशकीय भूमिका बारे प्रकाश पार्दै भूषिता भन्छिन्, ‘लामो समयसम्म महिलाका कथा भन्ने शैलीलाई कथित साहित्यिक दर्जा दिइएको थिएन। फगत शैलीका कारण महिलालगायत अन्य लोकभाषी लेखनलाई नेपाली साहित्यले सिमान्तकृत गरेको थियो। यस्तै कुरालाई मनन गर्दै यो वर्षदेखि नेपालयले सकेसम्म बढी महिला, तथा अन्य सिमान्तकृत समुदायका अलिखित कथा तथा नौला साहित्यिक शैलीका पुस्तकलाई विशेष स्थान दिनेछ।’

पब्लिकेसन नेपालयको व्यवस्थापनको नेतृत्व गरिरहेकी सैजन मास्केले हालसम्म ४५ वटा कृति प्रकाशित गरिसकेका बताइन्। ‘यो वर्ष हामी प्रकाशनको थप रणनीति तय गर्नेछौं जसमा महिला सर्जकहरूको अहम भूमिका रहनेछ। हामी लामो समयसम्म प्रभावमा रहने कृतिहरूको खोजीमा हुन्छौं। अब पनि हाम्रो ध्यान निरन्तर त्यतैतिर केन्द्रित रहनेछ,’ उनले भनिन्, ‘सन् २००५ मा प्रकाशित गरेको पहिलो पुस्तक पल्पसा क्याफेदेखि नेपाली प्रकाशन उद्योगमा योगदान पु‍¥याउने लागिपरेका छौं।’

प्रकाशित: १७ माघ २०७६ ०१:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App