११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
कला

सिरुटारमा युद्धप्रसादको सम्झना

काठमाडौं – गणतन्त्रवादी कवि युद्धप्रसाद मिश्रको ११२औं जन्मजयन्ती मनाइएको छ। आइतबार युद्धप्रसाद मिश्र प्रतिष्ठानले भक्तपुरको सिरुटारमा उनको जन्मजयन्तीको आयोजना गरेको थियो।

कार्यक्रममा सूर्य विनायक नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष सानुकाजी कायस्थले कवि मिश्रको योगदानको बारेमा चर्चा गरेका थिए। प्रतिष्ठानका उपाध्यक्ष मातृका पोखरेलले कवि मिश्रजस्तै सादगी जीवन बिताउन सक्नुपर्ने धारणा व्यक्त गरेका थिए। ‘एक युगमा एक जना आर्दश व्यक्ति जन्मन्छ। कवि मिश्र त्यस युगमा आर्दश व्यक्तिको रुपमा जन्मेका थिए,’उनले भने।

कार्यक्रममा प्रतिष्ठान अध्यक्ष अनिल पौडेलले आगामी दिनमा प्रतिष्ठानले प्रकाशन अनुसन्धान, वृतचित्र रचना ,संगीत लगायतको विषयमा काम गर्ने बताए।

प्रकाशित: २८ पुस २०७६ ०३:०० सोमबार

गणतन्त्रवादी युद्धप्रसाद_मिश्र कवि