१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

अख्तियारद्वारा सातजनाविरुद्ध मुद्दा दायर

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धानले आफ्नो पदको दुरुपयोग तथा प्रहरी निरीक्षकलाई नै घुस दिएर भ्रष्टाचार गरेको अभियोगमा सातजनाविरुद्ध बुधबार विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको छ। आयोगले सप्तरीको महादेवा गाउँपालिका–६ का वडासचिव नवोनाथ मिश्र, जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी जवान सरोजकुमार यादव, कर्णाली प्राविधिक शिक्षालयमा कृषि प्रशिक्षण सहायक चन्द्रसिंह खत्री उनका सहयोगीद्वय टंकप्रसाद चौलागाईं र गंगाराज शाही तथा स्याङ्जा वालिङ नगरपालिका–८ का चौपाया व्यापारी जहरुदिन तेलीविरुद्ध उक्त अदालतमा मुद्दा दायर गरेको हो।

तत्कालीन वडा सचिव मिश्रलाई दुई लाख रुपैयाँ सेवाग्राहीसँग घुस लिएको प्रहरी जवान यादवले घरेलु मदिरा बिक्री वितरणमा सहजीकरण गरिदिन १५ हजार रुपैयाँ असुलेको, खत्री, चौलागाईं र शाहीले उत्तर पुस्तिका परिवर्तनका साथै परीक्षाको गोपनीयता भंग गरेका तथा तेलीले गोरु व्यापारमा सघाउन प्रहरी निरीक्षकलाई घुसबापत १५ हजार उपलब्ध गराएकाले घुसबापत दिए÷लिएको बिगो रकम जफत हुनुपर्ने मागसहित आरोपपत्र दायर आयोले जनाएको छ।

प्रकाशित: २४ पुस २०७६ ०२:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App