१० मंसिर २०८१ सोमबार
image/svg+xml
कला

थिएटर मलमा ‘जामुनको रुख’

काठमाडौं – कीर्तिपुर राराहिलस्थित थिएटर मलमा ‘जामुनको रुखः सेमलेस भल्गारिटी’ नाटक मञ्चन भइरहेको छ। गत शुक्रबारदेखि कीर्तिपुर रंगमञ्चमा मञ्चन भइरहेको नाटक कृष्ण चन्दरको कथामा आधारित रहेको छ। हाँस्यव्यंग्य शैलीको सो नाटकलाई केदार श्रेष्ठले निर्देशन गरेका हुन्।

सरकारी सचिवालय अगाडि रहेको जामुनको रुख ढलेर सर्वसाधरण घाइते भएपछि नाटक सुरु हुन्छ। घाइतेलाई उद्धार गर्नुको सट्टा नाटकमा देखिएका पात्रहरू जिम्मेवारी पन्छाउ“दै अघि बढ्छन्। यस नाटकले वर्तमान समाजको सामाजिक र राजनीतिक अवस्थामाथि व्यंग्य गरेको छ।

नाटकमा पद र शक्तिको आडमा मानिसले अनियमितता र असंवेदनालाई जोड दिएको अवस्थालाई प्रस्तुत गरिएको छ। यो नाटक खोक्रिदै गएको सरकारी प्रणाली, राजनीतिक व्यवहार र कर्मचारी संयन्त्रमाथिको व्यंग्य हो।

उर्दू र हिन्दी भाषाका साहित्यकार कृष्ण चन्दरको चर्चित कथामध्ये ‘जामुनको रुख’ जस्तै नाटकलाई सरल ढंगमा मञ्चन गरिएको छ।

‘सरलताभित्र जटिलता र जटिलताभित्र सरलता कलाको स्वाभाविकता हो। यसर्थ भौतिक आ“खाले देखेका दृश्यहरूभन्दा पनि भयानक दृश्यहरू तपाईको आँखाले देख्नुभयो भने नाटक अर्थपूर्ण बनेछ भनेर बुझ्नेछु,’ निर्देशक केदार श्रेष्ठले भने, ‘सामान्य कथालाई रमाइलो, सुन्दर र अर्थपूर्ण दृश्यहरूमार्फत नाटकमा उतारिएको छ।’

७० मिनेट लामो नाटकमा नेपालको सरकारी कार्यालय, त्यहाँका कर्मचारी र काम गर्ने तरिकालाई दृश्यात्मक शैलीमा प्रस्तुत गरेर सर्वसाधारणले भोग्नु परेको पीडालाई चित्रण गरेको छ। नाटकमा थोरै कलाकारहरूबाटै धेरै पात्र तयार गरिएका छन्।

नाटकमा शंकर भण्डारी, कञ्चन संग्रौला, मनिष ब्याञ्जु, शक्ति पाख्रिन, हिरा महर्जन, स्नेहा रसाइली, रोसन केसी र सरोज राईलगायतका कलाकारहरूले अभिनय गरेका छन्। यस नाटकसँगै थिएटर मलमा ‘क्यानभास एट थिएटर’ नामक कला प्रदर्शनी सुरु भएको छ। सो प्रदर्शनीमा विभिन्न विधाका १३ कलाकारहरूका कलाहरु प्रदर्शन गरिरहेको थिएटर मलको कला संयोजक सुजिता महर्जनले जानकारी गराइन्। नाटक आगामी माघ ४ सम्म मञ्चन हुनेछ।

प्रकाशित: २३ पुस २०७६ ०४:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App