५ आश्विन २०८१ शनिबार
image/svg+xml
कला

हमलाको विरोधमा बलिउड

नयाँ दिल्ली – बलिउडका कलाकारहरूले नयाँ दिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयु) मा भएको हिंसात्मक हमलाको निन्दा गरेका छन्। सामाजिक सञ्जालमा जेएनयुमा भएको हिंसात्मक हमलाको भिडियो र फोटोहरू आएलगत्तै बलिउडका कलाकारहरूले त्यसको विरोध गरेका थिए।

अभिनेत्री आलिया भट्ट, कृति सनोन, अजुन कपुर, वरुण धवन र अनिल कपुरलगायतका कलाकारहरूले सामाजिक सञ्जालमार्फत जेएनयुमा भएको हिंसात्मक हमलाको विरोध गरे। अभिनेता वरुण धवनले इन्स्टाग्राममा पोस्ट गरेका छन्, ‘प्रहरीले कलेजजस्तो क्षेत्रमा हिंसा गर्न अनुमति नदिएपछि अनुहार लुकाएर मानिसहरू आक्रमण गर्छन्। राजनीतिक विचारधारा फरक भएपनि हामी सबै भारतीय छौं। यस्तो हिंसात्मक हमलाको अनुमति हुन सक्दैन। विद्यार्थी यसको लायक छैनन्। प्रहरी र सरकारले सुरक्षा प्रदान गर्नुपर्नेछ।’ अर्का अभिनेता अनिल कपुरले हमलाबारे जानकारी पाएपछि रातभर सुन्न नसकेको अभिव्यक्ति दिएका छन्।

अभिनेत्री आलिया भट्टले इन्स्टाग्रामले लेखेकी छन्,‘हरेक दिन दिक्क लाग्ने कुरा सुनिन्छ। यो सबै के भइरहेको छ ?’ भारतीय सञ्चारमाध्यमका अनुसार नकाब लगाएका ५० भन्दाबढी लाठी बोकेका आक्रमणकारीले जेएनयुको छात्रबासमा गएर आक्रमण गरेका थिए। आक्रमणमा थुप्रै विद्यार्थीहरू घाइते भएका थिए।

आक्रमणलगत्तै दिल्ली सरकारले जेएनयु क्याम्पसमा घाइते विद्यार्थीहरूलाई उपचारको लागि लैजान सात वटा एम्बुलेन्स पठाएको थियो। सो घटनाको विरोधमा विभिन्न स्थानमा प्रदर्शन भएका थिए। गृहमन्त्री अमित शाहले दिल्ली प्रहरीलाई जेएनयुमा भएको हिंसात्मक हमलाको अनुसन्धान गरी दोषीलाई तत्काल कारवाही गर्न र सो सम्बन्धी रिपोर्ट दिन निर्देशन दिएका थिए।

प्रकाशित: २२ पुस २०७६ ०२:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App