१० मंसिर २०८१ सोमबार
image/svg+xml
कला

‘मिटुले बलिउडको मानसिकता परिवर्तन गर्‍यो

मुम्बई – अभिनेत्री सन्नी लियोनीले मिटु अभियानबारे बोलेकी छन्। उत्पीडन विरूद्ध बोल्ने आँट गर्न सके परिवर्तन सम्भव रहेको उनले बताएकी छन्। उनका अनुसार महिला सशक्तिकरण र मिटु अभियानले बलिउडको मानसिकता परिवर्तन गरिदिएको छ। संसारभर मिटु अभियान सञ्चालन भइरहँदा गत वर्ष यो बलिउडमा प्रवेश गरेको थियो। महिलामाथि हुने यौन हिंसाविरुद्ध विश्वभरका महिला एकजुट भएर अभियान आउनु सकारात्मक कुरा भएको बताइन्। हलिउडबाट सुरु भएको यो अभियानले बलिउडमा सनसनी मच्चाएको थियो।

‘म कुनै अफिसमा काम गर्दैन्। म बबलमा बस्छु। तर, मलाई लाग्छ अधिकांश महिलाले यौन उत्पीडनको यस्ता मुद्दाहरूका बारे कुरा गरेर हिंसा र यौन दुव्र्यवहार गर्ने पीडकहरूलाई असहज महसुस गराइरहेका छन्। यो राम्रो कुरा हो। यौन दुव्र्यवहारको सिकार पुरुषपनि हुन सक्छन्, ’उनले भनिन्, ‘यौन हिंसाको भोगेकाहरूले बोल्ने आँट गर्छसक्नुपर्छ। तबमात्र परिवर्तन सम्भव छ।’

मिटु ह्यासट्याग राखी आफूमाथि भएको दुव्र्यवहार सामाजिक सञ्जालमा भाइरल गराउँदै दोषीलाई कठघरामा उभ्याउने यो अभियान इगो साँध्ने माध्यम बनिरहेको भनेर आलोचित भएको थियो। बलिउडमा विकास बहल, चेतन भगत, गुरसिमरन खम्बा, कैलाश खेर, रजत कपुर, आलोक नाथ, अनु मलिक र साजिद खान जस्ताले यौन दुव्र्यवहार गरेको कुरा बाहिर आएका थिए।

प्रकाशित: २० पुस २०७६ ०३:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App