११ मंसिर २०८१ मंगलबार
image/svg+xml
कला

सकियो साहित्य महोत्सव

काठमाडौं – नेसनल कलेजले आयोजना गरेको तीन दिने अन्तर्राष्ट्रिय साहित्य महोत्सव सकिएको छ। बिहीबारदेखि राजधानीमा सुरू भएको अन्तर्राष्ट्रिय साहित्य महोत्सवमा अन्तक्र्रिया र साहित्यिक विचारहरू आदान प्रदान गरिएका थिए।

महोत्सवका संयोजक साहित्यकार भीष्म उप्रेतीका अनुसार देशको संघीय राजधानीमा फरक भाषा, संस्कृति, कला र अनुभूतिलाई एकै मञ्च प्रदान गरेर नेपाली र अन्तर्राष्ट्रिय साहित्यका बीचमा अन्तक्र्रिया र आदानप्रदान गर्न महोत्सवको आयोजना गरिएको थियो।

नेपाल भ्रमण वर्ष– २०२० को अवसर पारेर आयोजित महोत्सवमा नेपालसहित भारत, भुटान, बंगलादेश, श्रीलंका, कम्बोडिया, कोरिया, अमेरिका र जर्मनीका साहित्यिक व्यक्तिŒवहरू सहभागी थिए। महोत्सवमा एसियाको साहित्यिक अन्वेषण, शब्दद्वारा समाजको प्रतिविम्ब गरी विभिन्न सत्रहरू संचालन गरिएको थियो। महोत्सवअन्तर्गत आयोजित सांस्कृतिक साँझमा तेजस्वी श्रेष्ठ, काव्या विश्वकर्मा र दिक्षा थापाले बज्रयोगिनी, कत्थक र मञ्जुश्री नाच प्रस्तुत गरेका थिए।

प्रकाशित: १४ पुस २०७६ ०५:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App