१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
कला

प्रोस्टाइल म्यान हन्टको आवेदन खुला

काठमाडौं – डाबर नेपाल र ग्रुप अफ इभेन्ट इन्टरटेनरको आयोजना प्रोस्टाइल म्यान हन्ट इन्टरनेसनल नेपालको आयोजना हुने भएको छ। ललितपुरमा सोमबार आयोजित कार्यक्रममा प्रोस्टाइल म्यान हन्ट इन्टरनेसनल नेपालको आवेदन खुला गरिएको जानकारी आयोजकले गराएको थियो।

प्रतियोगितामा १८ देखि ३४ वर्षको नेपाली पुरुषले भाग लिन सक्नेछन्। प्रतियोगिताका विजेताले म्यान हन्ट इन्टरनेसनल २०२० मा नेपालको प्रतिनिधित्व गर्नेछन्। त्यस्तै फस्ट र सेकेन्ड रनर अपले क्रमशः मिस्टर इन्टरनेसनल र मिस्टर ग्लोबलमा नेपालको प्रतिनिधित्व गर्नेछन्।

डाबर नेपालले विभिन्न सौन्दर्य प्रतियोगितामा सहकार्य गर्दै आइरहेको छ। यसलाई निरन्तरता दिँदै प्रोस्टाइल म्यान हन्ट इन्टरनेसनल नेपालसँग सहकार्य गरेका छौं,’ डाबर नेपालका सेल्स एन्ड मार्केटिङ प्रमुख उपेन्द्र प्रधानले भने।

प्रकाशित: ८ पुस २०७६ ०३:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App