२१ आश्विन २०८१ सोमबार
image/svg+xml
कला

संगीतबाट ब्रेक लिँदै गायिका पिंक

न्युयोर्क  – अमेरिकी गायिका पिंकले सांगीतिक यात्राबाट ब्रेक लिने भएकी छिन्। कन्ट्री म्युजिक एसोसियसन (सिएमए) अवार्डको स्टेजबाट उनले संगीतबाट ब्रेक लिइरहेकी घोषणा गरेकी थिइन्।

उनले संगीतबाट ब्रेक लिने घोषणा गरिरहँदा उनका परिवारले साथ लिएका थिए। उनले कम्तिमा एक वर्षको लागि संगीत छाड्ने र सांगीतिक गतिविधिमा सक्रिय नहुने जनाएकी थिइन्। यसअघि उनले दुई वर्ष सुन्दर ट्रमा वल्र्ड टूरको क्रममा सडक यात्रा गरेर बिताएकी थिइन् र भविष्यलाई उनले अलग बाटोबाट सुरु गर्ने अड्कल गरिएको छ।

अवार्ड समारोहको रेड कार्पेटमा कुराकानी गर्दै उनले भनिन्, ‘यो समय भनेको केही गर्नको लागि हो।’ संगीतबाट ब्रेक लिइरहेकी गायिका पिंकले अवार्ड समारोहमा पति क्यारीलाई अभिवादन गर्दै एक अर्काको साथ पाउनु भाग्यको कुरा भएको बताइन्।

सन् १९९० देखि सांगीतिक क्षेत्रमा राज गरेकी गायिका पिंक दमबाट ग्रसित छिन्। संसारभरको लोकप्रिय गायिकाको सूचीमा परे उनका एल्बम सर्वाधिक बिक्री हुने गरेका छन्। उनको ‘रिजन’, ‘वाक मि होम’, ‘अस’, ‘सो ह्वाट’, ‘ब्युटीफुल ट्रमा’, ‘ब्लो मि’, ‘प्लिज’, ‘लभ’ लगायत गीतहरु चर्चामा छन्। ्

प्रकाशित: २९ कार्तिक २०७६ ०२:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App