१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

'फिल्ममा अभिनय गरिरहन सकिन्न'

काठमाडौं – दर्जनौं फिल्ममा अभिनय गरेकी अभिनेत्री केकी अधिकारीद्धारा अभिनित ‘छ माया छपक्कै’ फिल्म नेपालभरका विभिन्न हलहरूमा प्रदर्शन भइरहेकाे छ। दीपेन्द्र लामाले निर्देशन गरेको फिल्ममा केकी अधिकारीबाहेक दीपकराज गिरी, केदार घिमिरे र जितु नेपाल लगायतले अभिनय गरेका छन्। ‘छ माया छपक्कै’ फिल्मदेखि मेकिङ र ब्यक्तिगत जीवन केन्द्रित भएर अभिनेत्री अधिकारीसँग नागरिक दैनिकले गरेको कुराकानीः

- तपाईं अभिनित अधिकांश फिल्महरुले सफलता नपाइरहेको अवस्थामा ‘छ माया छपक्कै’ फिल्मले तपाईंको फ्ल्प फिल्मी करियर उकास्ला ?

मेरो करियरको महत्वपूर्ण फिल्मको सूचीमा ‘छ माया छपक्कै’ पर्दछ। यसमा मैले अभिनयमात्र नभएर फिल्मका विभिन्न पक्षबारे बुझ्ने अवसर पाए। २० प्रतिशतपनि मेहेनत नगरिकन यसअघि फिल्महरू बनेका रहेछन् भन्ने महसुस गर्न पाइयो। यस फिल्मको कथावस्तुलाई दर्शक र समिक्षकहरूले मनपराईरहेका छन्। राम्रो फिल्म बन्न स्क्रिप्टदेखि फिल्म युनिटको व्यवस्थापनसम्मले भूमिका निर्वाह गर्ने रहेछ।

- अधिकांश फिल्ममा तपाईंले निर्वाह गरेको भूमिका एउटैजस्तो लाग्छन्। अभिनयमा मेहेनत कम भएको हो ?

मैले अभिनय गरेका फिल्महरूमा निर्वाह गरेको भूमिका फरक हुने गरेका छन्। मेरो डेब्यु फिल्म ‘स्वर’ देखि ‘छ माया छपक्कै’ सम्म विभिन्न खालको भूमिकामा देखिएको छु। कुनैपनि फिल्ममा मेरो अभिनय एउटैजस्तो भएको महसुस गरेकी छैन्। फिल्मअनुसार पात्र फरक हुने गरेका छन्। त्यहीअनुसार अभिनय निखार्न मेहेनत गरिरहेको हुन्छु।

- ‘छ माया छपक्कै’ फिल्मबाहेक पछिल्लो समय कुनै फिल्म गरिरहनुभएको छैन्। अफर नआएका हुन वा फिल्म छनोटमा ध्यान दिन थाल्नुभएको हो ?

अहिले कमेडी च्याम्पियन’ नामक स्ट्यान्डअप कमेडी सो निर्माण गरिरहेको छु। त्यसबाहेक कम र राम्रो फिल्ममा काम गर्न जोड दिएको छु। नेपाली फिल्म क्षेत्रमा नयाँलाई अवसर दिनु हाम्रो दाइत्व समेत भएकाले मेकिङतिर केन्द्रित भइरहेको छु।

- तपाईंको कमेडी च्याम्पियन कस्तो खालको सो हो ? भारतको ‘लाफ्टर च्यालेञ्ज’ नामक कमेडी सोबाट चोरियो भन्ने हल्ला किन आयो ?

यो स्ट्यान्डअप कमेडी सो हो। संसारभर चर्चा कमाइरहेको ‘स्ट्यान्डअप कमेडी’ नेपालमा सक्रिय भइरहेको छ। राजधानीका विभिन्न रेस्टुरेन्डहरूले ग्राहकलाई आकर्षण गर्न नयाँ शैली अपनाउने क्रममा ‘स्ट्यान्डअप कमेडी’ लाई प्राथमिकता दिइरहेका छन्। स्ट्यान्डप कमेडीमा आफ्नो करियर बनाउन लागिपरेका युवा पुस्ताहरूको संख्या दिनानुदिन बढ्दो छ। हसाँउन माहिर स्ट्यान्डअप कमेडियनलाई प्रोत्साहित गर्न सो निर्माण गरिरहेका छौं। लाफ्टर च्यालेञ्ज र कमेडी च्याम्पियन फरक सो हुन्। संसारभरका कमेडी सोको शैली एउटै हुने भएकाले प्रभावित भएको होला।

- फिल्म र म्युजिक भिडियोमा अभिनय गर्नु साटो मेकिङतिर आकर्षित भइरहनुभएको छ। फिल्म निर्देशन गर्दै हुनुहुन्छ ?

फिल्ममा अभिनय गर्ने कलाकारको अवधि सिमित हुन्छ। मैले चाहेपनि धेरै समय फिल्ममा अभियन गरिरहन सक्दिन्। बरू, फिल्म मेकिङतिर लागेर नयाँलाई अवसर दिन लागिपरिरहेको छु। फेरि मेरो पढाईले फिल्मको व्यवस्थापनको पाटो बुझ्न सहयोग गरिरहेको छ।

-महिलामा विभिन्न मुद्दामाथि बुलन्द रूपमा आवाज उठाइरहने तपाईंले अभिनय गरेको ‘बिच बिचमा’ बोलको गीतमा महिलालाई होच्याउने शब्द प्रयोग गर्दासमेत कुनै आपत्ति जनाउनु भएन् ?

‘छ माया छपक्कै’ फिल्मको ‘बिच बिचमा’ बोलको गीत मैले सुटिङमा जानु दुई दिनअघि सुनेको थिएं। त्यतिखेर स्पष्ट ‘बिहे हुने कुरा छ’ भनेर लेखिएको थियो। गीत रेकर्ड भएपछि ‘बिहे हुने’ शब्द ‘ब्याउने’ भनेर सुनियो। गीत सुनेर मलाई दुःख लाग्यो। सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी आइरहेका छन्। गीतको अर्थमा श्रोताको दोहोरो बुझाई भएछ।
७.यसअघि तपाईंले समेत अभिनय गर्नुभएको ‘कम्मर मुनि’ गीतले महिलालाई होच्याएर परिभाषित गरिरहँदा म्युजिक भिडियो सेयर गर्न व्यस्त हुनुहुन्थ्यो ?

नेपाली गीतहरूको शब्दमा ध्यान दिने हो भने धेरै त्रुटि भेटिन्छन्। कालझैं भनिएका नेपाली गीतमा महिलालाई होच्याएर प्रस्तुत गरिएको छ। मैले यसअघि सामाजिक सञ्जालमार्फत सेयर गरेका यसअघिका भिडियोमा खासै प्रश्न आएनन्। मानिसको सोचमा समस्या छ।

-समान पारिश्रमिकलाई लिएर आवाज उठाइरहनुभएको तपाईंले नेपाली फिल्म क्षेत्रमा महिला र पुरुष कलाकारबीचमा पारिश्रमिक विभेद कत्तिको महसुस गर्नुभएको छ।

नेपाली फिल्म क्षेत्रमा महिला र पुरुष कलाकारबीचमा पारिश्रमिक विभेद छ। डेब्यु हिरोले अनुभवी अभिनेत्रीभन्दा बढी पारिश्रमिक पाउने गरेका छन्। समान पारिश्रमिकको विषयमा नेपाली फिल्म क्षेत्र धेरै पछाडी छ। नेपाली समाजमा महिलाको अवस्था उभो नलाग्नुको कारण एउटा योपनि हो। हाल मैले निर्माण गरिरहेको ‘कमेडी च्याम्पियन’ सोमाचाँहि तुलनात्मक रुपमा महिला कलाकारहरुले धेरै पारिश्रमिक पाइरहेका छन्। मेकर समेत भएकाले मैलेचाँहि महिला र पुरुषबीचको पारिश्रमिक विभेद कम गरिरहेको छु।

- फिल्मको छनोट के का आधारमा गनुहुन्छ ?

फिल्मको स्क्रिप्ट र पात्रलाई प्राथमिकतामा राख्छु। बाँकीचाँहि निर्देशकको जिम्मा हुन्छ। नेपाली फिल्ममा महिलालाई कमजोर देखाउन खोजिएका हुन्छ। नराम्रो महसुस हुन्छ। तर, चित्त नबुझेपनि काम गर्नुपर्ने हुन्छ।

- सामाजिक सञ्जालमा तपाईलाई पछ्याउने फलोअरहरूसँग कत्तिको अन्तक्र्रिया गनुहुन्छ ?

मलाई सामाजिक सञ्जालमा फलोअरहरूसँग अन्तक्र्रिया गर्न मनपर्छ। अहिले चाँहि बहस गर्न छाडिदिएको छु।

-तपाईं र गायक आर्जन पान्डेबीचको सम्बन्धलाई किन विभिन्न गसिप आरहेका छन् ?

हामी साथी हौं। त्यसबाहेक केही सत्यता छैन्।

प्रकाशित: २८ आश्विन २०७६ ०३:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App