१६ वैशाख २०८१ आइतबार
image/svg+xml
कला

‘गुड न्युज’ लाई लिएर उत्साहित करिना

मुम्बई (एजेन्सी) – बलिउड प्रवेश गरेको २० वर्ष पुगिरहँदा अभिनेत्री करिना कपुरले फिल्ममा नेगेटिभ भूमिका महत्वपूर्ण हुने बताएकी छिन्। अभिनेताद्वय शाहिद कपूर र फरदीन खानसँग सन् २००७ को फिल्म ‘फिदा’ मा पहिलो पटक नेगेटिभ भूमिकामा देखिएकी अभिनेत्री कपुरका अनुसार उनलाई सो भूमिकाहरूमा देखिन मनपर्छ।

सन् २०१२ को ‘हिरोइन’ फिल्ममा फरक भूमिका निर्वाह गरेकी अभिनेत्री कपुर आफ्ना लागि सो भूमिका सधैं पहिलो प्राथमिकतामा पर्ने बताउँछिन्। ‘फिल्ममा महत्वपूर्ण मानिने नेगेटिभ र फरक भूमिकाले अभिनयलाई अर्थ दिने गरेको छ। ‘फिदा’ फिल्ममा नेगेटिभ भूमिका र ‘हिरोइन’ फिल्मको पात्रहरू मेरा लागि प्राथमिकतामा पर्ने गरेका छन्। त्यस्ता कथावस्तुमा फिल्म कम बनेपनि मलाई मनपर्छ,’ उनी भन्छिन्।

अभिनेता अक्षयकुमारसँग ‘गुड न्युज’ फिल्ममा देखिन लागेकी अभिनेत्री कपुरलका अनुसार नेगेटिभ भूमिकाहरू निवार्ह गर्न आत्म विश्वासको आवश्यकता पर्दछ। मनोरञ्जनात्मक ‘गुड न्युज’ आगामी डिसेम्बर २७ मा रिलिज हुँदैछ। ‘यो फिल्मलाई लिएर म उत्साहित छु। दर्शकले यो फिल्म मनपराउनेमा आशावादी छु। फरक कथावस्तुमा निर्माण भएको फिल्मले दर्शकलाई मनोरञ्जन दिनेछ,’ उनीले भनिन्।

प्रकाशित: १० भाद्र २०७६ ०३:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App