२६ पुस २०८१ शुक्रबार
image/svg+xml
कला

बजारमा घिमिरेको ‘होस्टल’

काठमाडौं  – बाल साहित्यकार शाश्वत घिमिरेको उपन्यास ‘होस्टल’ सार्वजनिक भएको छ। बुधबार राजधानीमा आयोजित कार्यक्रममा नेपाली काँग्रेसका नेता नरहरि आचार्यले ‘होस्टल’ विमोचन गरेका थिए।

कार्यक्रममा बोल्दै नेता आचार्यले कक्षा ९ मा अध्ययनरत घिमिरेको उपन्यासमा कल्पनाशीलता भेटिएको बताएका थिए। ‘१६ वर्षमै नेपाली साहित्य क्षेत्रमा लागेर पुस्तक सार्वजनिक गरेका लेखक घिमिरेको यो पुस्तकले नेपाली साहित्यमा नयाँ आयाम थपेको छ,’ उनले भने, ‘सानै उमेरमा यस्तो कल्पना गरेर उपन्यास लेख्नु बाल साहित्यकार घिमिरेको विशेषता हो।’ पुस्तकलाई रुद्रतुल चन्द्र प्रतिष्ठानले प्रकाशन गरेको छ।

बाल्मिकी क्याम्पसका प्रमुख प्रा डा. गणेशप्रसाद घिमिरेले लेखकले आफ्नो पठनपाठनका लागि होस्टल जाने मनस्थितिलाई समावेश गरेर लेखिएको उपन्यासलाई कलात्मकरूपमा प्रस्तुत गरेको बताए। ‘स्कूलमा पढ्दापढ्दै कविता र उपन्यासलगायतको साहित्य सिर्जना गर्नु ठूलो कुरा हो, ’उनले भने।

बाल साहित्यकार घिमिरेले आफूले होस्टल पढ्न आउँदा गरेका संघर्षलाई पुस्तकमा उतारेर उपन्यास बनाएको बताएका थिए। उपन्यास १७ शीर्षकमा लेखिएको छ। पुस्तकमा भूमिका लेख्दै साहित्यकार कृष्ण धरावासी लेखक घिमिरे प्रतिभाशाली बालक भएकाले सही समयमा उपन्यास निकालेको उल्लेख गरेका थिए।

प्रकाशित: २४ श्रावण २०७६ ०२:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App