२६ पुस २०८१ शुक्रबार
image/svg+xml
कला

‘इरानबाट देशनिकाला गराइयो’

लन्डन  – बेलायती गायिका जोन स्टोनले वल्र्ड टूर कन्सर्टको क्रममा इरानबाट डिर्पोट भएको खुलासा गरेकी छिन्। इन्ट्राग्राममा भिडियो राख्दै उनले घुमघामको लागि इरान पुग्दा गैरकानुनी रूपमा कन्सर्ट गर्न खोजेको भन्दै डिर्पोट गराइएको उल्लेख गरेकी छिन्।

उनले लेखेकी छिन्, ‘इरानमा महिला भएर मैले एकल कन्सर्ट गर्नुहुन्न भन्ने थाहा थियो। न म इरानी जेलमा बन्न चाहन्थें, न म इरानको राजनीति परिवर्तन गर्ननै चाहन्थे। त्यहाँको मानिसहरूलाई खतरामा राख्नु मेरो रूचि होइन्,’ लेखेकी छिन्, ‘भविष्यमा पब्लिक शो राख्न सक्ने भन्दै मलाई इरानी अधिकारीहरूले कालो सूचीमा राखेका छन्।’
इरानमा महिला कलाकारहरूको एकल प्रस्तुतिलाई गैरकानुनी मानिन्छ। इरानी सञ्चार माध्यमले गायिका स्टोनको इन्ट्राग्राम कमेन्टप्रति सरकाले कुनै प्रतिक्रिया नदिएको उल्लेख गरेका थिए।

गायिका स्टोन वल्र्ड टूर कन्सर्टको क्रममा सन् २०१६ मा नेपाल आएकी थिइन्। भूकम्पलगत्तै नेपाल आइपुगेकी उनले च्यारिटी कन्सर्ट गरेकी थिइन्।  उनको ‘यु ह्याड मि’, ‘सुपर डुपर लभ’, ‘फल इन लभ वीथ अ ब्वाई’ र ‘फ्रि मि’ लगायत गीतहरू चर्चामा छन्।

प्रकाशित: २० असार २०७६ ०३:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App