१६ वैशाख २०८१ आइतबार
image/svg+xml
कला

‘के च्याब्रुङ’ उत्कृष्ट

काठमाडौं – लिम्बू भाषाको फिल्म ‘के च्याब्रुङ’ नेपाल आदिवासी जनजाति चलचित्र महासंघको आयोजनामा राष्ट्रिय सभागृहमा भएको ‘तेस्रो आदिवासी जनजाति चलचित्र महोत्सव २०७६’मा ‘उत्कृष्ट फिल्म’ घोषित भएको छ।

महोत्सवमा गुरुङ फिल्म ‘म्ले क्यू’ की निर्देशक जसमाया गुरुङ ‘उत्कृष्ट निर्देशक’, गुरुङ फिल्म ‘रिजेनासा’का बलबहादुर गुरुङ ‘उत्कृष्ट पुरुष कलाकार’, मगर फिल्म ‘खुर्पेटो’की बिना थापा मगर ‘उत्कृष्ट महिला कलाकार’ र राई भाषाको ‘यारी’ फिल्मका युवराज वीरबहादुर राईलाई ‘उत्कृष्ट छाँयाकार’ भए।

त्यसै गरी गुरुङ भाषाको ‘रिजेनासा’ले ३० हजार नगदसहित ‘पब्लिक च्वाईस अवार्ड’ जित्यो। पुरस्कृतलाई चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईले अवार्ड प्रदान गरेका थिए। महासंघका अध्यक्ष अमृत सुनुवारको सभापतित्वमा सम्पन्न कार्यक्रममा राजवंशी भाषाको फिल्म ‘पुल्टी’ले ‘बेस्ट सर्ट फिल्म’ र सुनुवार भाषाको फिल्म ‘छेककगु’ले ‘बेस्ट डकुमेन्ट्री’को अवार्ड जित्यो। महोत्सवको जुरीमा आदिवासी जनजाति मातृभाषाका प्रथम सिने पत्रकार विजयरत्न असंबरे तुलाधर, नेपालको पहिलो महिला सिनेमाटोग्राफर सवनम मुखिया र आदिवासी कलाकर्मी राज थापा थिए।

प्रकाशित: २९ जेष्ठ २०७६ ०३:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App