१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

‘मीटु’को पक्षमा तापसी

मुम्बई – हलिउडपछि बलिउडमा ‘मीटू मुभमेन्ट’ले राम्रै स्थान पायो। धेरै पुरुष कलाकारहरू यो मुभमेन्टको शिकार बने। पछिल्लो समयमा बलिउड र हलिउडमा यो अभियान केही सेलाईरहँदा बलिउड अभिनेत्री तापसी पन्नुले कार्यक्षेत्रमा यौन उत्पीडनका विरुद्ध आवाज उठाउने कामलाई रोक्न नहुने बताएकी छन्। उनले ‘ह्यासट्याग मीटु मुभमेन्ट’लाई जारी नै राख्नुपर्ने बताएकी हुन्।

बलिउड निर्देशक विकास हललाई ‘मीटु मुभमेन्ट’का मामलामा अदालतले सफाई दिएको दुई दिनपछि तापसीले मुख खोलेकी हुन्। फेन्टम फिल्मस्का एक पूर्व कर्मचारीले विकासमाथि यौन दुराचारको आरोप लगाएका थिए। उनले अदालतबाट सफाई पाएपछि उनको फिल्म ‘सुपर ३०’लाई कुनै समस्या नहुने र फिल्मको ट्रेलरमा विकासको नाम निर्देशकका रूपमा राखिनेछ।

हालै मात्र तापसीलाई यी सबै कुरालाई कसरी लिएकी छिन् भनेर मिडियाले प्रश्न सोधेको थियो। ‘यदि कोही व्यक्ति यौन उत्पीडनको आरोपी हो र उसलाई कुनै पनि सजाय दिइँदैन भने स्वभाविक रूपमा यो आन्दोलनको जुन मूल उद्देश्य हो, त्यो पुरा हुन सक्दैन। यसो भएमा साहसका साथ आफू माथि भएको अन्यायविरुद्ध आवाज उठाउने महिलाहरूको भित्री हृदय टुट्छ’, उनले भनेकी छन्, ‘तर पनि आफू माथि भएका यस्ता घटनालाई बाहिर ल्याउन महिलाहरू मौन बस्नु हुँदैन। किनकी महिलाहरू वर्षौदेखि चुप लागेर बसेका छन्।’

उनले महिलाहरूलाई बाधा आइरहे पनि हार खान नहुने बताइन्। ‘किनकी यो एक बद्लावको समय हो। यस्तो बेला कठिनाईहरू आइरहन्छन्। तर यदि हामीले यो अभियानलाई जारी राखेनौं भने आगामी दिनमा यस्तो परिवर्तन ल्याउन सकिँदैन्’, उनले भनेकी छन्।

प्रकाशित: २३ जेष्ठ २०७६ ०४:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App