१६ वैशाख २०८१ आइतबार
image/svg+xml
कला

मिडियाबाट जोगाउन सैफको काँधमा तैमूर

मुम्बई – बलिउड अभिनेता सैफ अली खान प्रायः आफ्नो छोरा तैमूरलाई काँधमा बोकेरै हिँड्छन्। कमै मात्र सेलिब्रेटीहरू आफ्नो सन्तानलाई काँधमा बोकेर हिँड्ने गरिरहँदा सैफ भने यो मामलामा अलिक फरक छन्।

हालै मात्र सैफले अरबाज खानको शो ‘पिन्च’मा अरबाजले तैमूरका विषयमा विविध कुरा सैफलाई सोधेका थिए। त्यहाँ उनले तैमूरलाई आफुले काँधमा बोक्नुपर्ने कारण खुलाएका थिए। ‘तैमूर जहाँ पनि जान्छ। त्यहाँ ऊ मिडियाको क्यामरा वरीपरी नै हुन्छ। तैमूर उचाईंमा म भन्दा धेरै सानो छ। पहिला जब म उसको हात समाएर हिँड्थे। त्यो बेला ऊ फोटोग्राफरको भीड देखेर मतिर फर्किएर माथि हेर्दथ्यो’, उनले भनेका छन्, ‘उसले मतिर फकिएर माथि हेर्दा मलाई निकै दुःख लाग्थ्यो। जसकारण मैले उसलाई काँधमा राखेर हिँड्ने निर्णय लिएँ।’

उसले मतिर फकिएर माथि हेर्दा मलाई निकै दुःख लाग्थ्यो । जसकारण मैले उसलाई काँधमा राखेर हिँड्ने निर्णय लिएँ ।

सैफले तैमूरलाई काँधमा बसाउँदा ऊ आफुलाई सबैभन्दा अग्लो सम्झिने गरेको पनि बताए। ‘ऊ काँधमा बस्न थालेपछि निकै खुशी भइरहेको छ। उसको काँधमा बस्दा रमाउने शैली आफ्नै किसिमको छ’, उनले भनेका छन्। सैफले तैमूरलाई बलिउडमा ‘डेब्यू’ गराउने विषयमा आफु इच्छुक नरहेको खुलाएका छन्। उनले तैमूरको चाहना पनि फिल्ममा नखेल्ने रहेको दाबी गरे। ‘म तैमूरलाई बलिउडमा डेब्यू गराउने विषयमा इच्छुक छैन। न त तैमूरको चासो नै छ। मलाई थाहा छैन कि यो विषयमा किन चिन्तित छु। मलाई लाग्छ दोस्रो विकल्प पनि हुनुपर्छ’, उनले भनेका छन्, ‘म उसलाई डाक्टर र वकिल जस्तो पेशामा काम गरेको देख्न चाहन्छु। तर मैले मात्र भनेर हुँदैन। तैमूरको रुची केमा हो त्यो पनि बुझ्नु प-यो।’

तैमूर सामाजिक सन्जालमा स्टार हुन्। अभिनेत्री आमा करिना कपूरको गर्भबाट जन्मिएपछि उनी निरन्तर मिडियामा छाइरहेका छन्। उनको हरेक एक तस्बिर भाइरल हुने गर्दछ। तैमूरले पाएको चर्चा र मिडिया चासोका कारण सैफ–करीना जहिल्यै पनि चिन्तित हुन्छन्।केही समय अघि एक अन्तरवार्तामा सैफले बच्चाको अगाडि हरेक समय मिडिया हुनु बच्चाको स्वतन्त्रताका लागि सही नभएको बताएका थिए। ‘हामी चाहन्छौं कि तैमूर पनि आम बच्चा सरह पार्कमा घुम्ने र खेल्ने काम गरोस्। तर हरेक समय पापराजी तैमूरको वरीपरी नै घुम्ने गर्दछन्। अब त तैमूर पनि पापराजीलाई देखेर मिडिया भन्न थालिसकेको छ’, अन्तरवार्तामा सैफले भनेका थिए। तैमूरलाई प्रायः उसको सुसारे वा अभिभावकले बाहिर घुमाउने गर्दछन्। तैमूर सबै स्टारकिडमा सबैभन्दा चर्चित छन्। बजारमा उनको नामको कुकीज र सफ्ट टोय पनि उपलब्ध छ।

प्रकाशित: ९ जेष्ठ २०७६ ०७:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App