मुम्बई – बलिउड नायिका परिणीति चोपडा हालका दिनमा फिल्म ‘जबरिया जोडी’को सुटिङमा व्यस्त छिन्। यो फिल्मबाहेक उनी साइना नेहवालको बायोपिकको पनि तयारी गरिरहेकी छन्। परिणीति चाँडै नै हलिउड फिल्म ‘द गर्ल अन द ट्रेन’को अफिसियल हिन्दी रिमेकमा देखिँदैछिन्। परिणीति आफैले यो कुराको पुष्टी गरेकी हुन्।
परिणीतिले आफ्नो ट्वीटरमा एक तस्बिर राख्दै आफु हलिउड फिल्मको रिमेकमा काम गर्न लागेको जानकारी दिएकी हुन्। ‘यो थ्रिलिङ यात्रामा निस्किरहेकी छु। द गर्ल अन द ट्रेनको आधिकारिक हिन्दी रिमेकलाई लिएर उत्साहित छु’, परिणीतिले लेखेकी छन्, ‘फिल्ममा म अलग अवतारमा देखिनेछु। म अहिलेसम्म दर्शकले नदेखेको भूमिकामा देखिन चाहन्छु। जसले गर्दा दर्शकले लामो समयसम्म मलाई सम्झिइ रहन सकुन्। यो भूमिकाका लागि मैले निकै मेहनत गर्नुपर्नेछ। त्यसकारण पनि यो फिल्म मेरा लागि महत्वपूर्ण छ। यो फिल्ममा म जड्याहाा र यौन दुव्र्यवहार पीडित महिलाको भूमिकामा देखिनेछु। यो भन्दा अघि मैले यस्तो भूमिका कहिल्यै पनि गरेकी थिइनँ।’
फिल्ममा म जड्याहाा र यौन दुव्र्यवहार पीडित महिलाको भूमिकामा देखिनेछु। यो भन्दा अघि मैले यस्तो भूमिका कहिल्यै पनि गरेकी थिइनँ।
फिल्ममा परिणीति एक विधवा महिलाको भूमिकामा देखिँदैछिन्। जो आफैमा जड्याहा हुन्छिन् र एक अपराधको अनुसन्धान गरिरहेकी हुन्छिन्। यो फिल्म सन् २०१५ मा यही नामबाट प्रकाशित पाल हकिन्सको ‘बेस्टसेलर उपन्यास’मा आधारित थियो। फिल्म सन् २०१६ मा रिलिज भएको थियो। हलिउड फिल्ममा परिणीतिको भूमिका एमिली ब्लन्टले निभाएकी थिइन्। उनको भूमिकाले सराहना र आलोचना दुबै पाएको थियो।
मनोवैज्ञानिक थ्रिलर फ्लेभरको यो फिल्म रिलायन्स इन्टरटेनमेन्टले निर्माण गर्नेछ। फिल्म पूर्ण रूपमा भारतीय फ्लेभरको बन्नेछ। हिन्दी रिमेक भर्सनको निर्देशन रिभू दासगुप्ताले गर्नेछन्। फिल्म सन् २०२० मा रिलिज हुनेछ। फिल्मको नाम हालसम्म तय भएको छैन।
प्रकाशित: १५ वैशाख २०७६ ०३:१८ आइतबार