१६ वैशाख २०८१ आइतबार
image/svg+xml
कला

केशवले ल्याए ‘माया रानी’

खोटाङ – खोटाङका गायक केशव राईको ‘माया रानी’ बोलको नयाँ गीत बजारमा आएको छ। विभिन्न राई भाषामध्ये पहिलोपटक थुलुङ भाषाको गीत रेकर्ड गराएका केशवले गायक तथा संगीतकार जिबीहाङ राईको शब्द तथा संगीत रहेको ‘माया रानी’ गीत सार्वजनिक गरेका हुन्।

२०७५ सालभित्र तीन गीत बजारमा ल्याएका ऐसेलुखर्क गाउँपालिका–५ महेश्वरीका राईको ‘माया रानी’ बोलको युट्युबमार्फत सार्वजनिक गरिएको हो। ७ मिनेट लामो ‘माया रानी’ बोलको गीतमा उनलाई गायिका सरु कोयी राईले स्वरमा साथ दिएकी छन्। गायक तथा संगीतकार कृष्णभक्त राईको एरेञ्ज रहेको गीत सेवा रेकर्डिङ स्टुडियोमा रेर्कड गरिएको हो।

वैदेशिक रोजगारीका सिलसिलामा हाल मकाउ रहेका केशव लामो समयपछि पूर्वेली लोकलयमा आधारित गीत लिएर स्रोतामाझ आएका हुन्। क्यासेटमा गीत निकालेर २०५१ सालदेखि सांगीतिक क्षेत्रमा लागेका केशव प्रवास गएपछि संगीतकर्ममा गुमनाम जस्तै भएका थिए।  केशव र श्रेया चेम्जोङको स्वर रहेको अघिल्लो गीत ‘जुनेली माया’ले दर्शकश्रोतामाझ चर्चा पाएको थियो। 

 

प्रकाशित: ४ वैशाख २०७६ ०२:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App