१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

भूपिनको ‘मैदारो’ बजारमा

काठमाडौं – कवि भूपिन अब उपन्यासकार अवतारमा आएका छन् । शनिबार उनको पहिलो उपन्यास मैदारो काठमाडौंमा विमोचन भएको छ ।

साहित्यकार तथा राजनीतिज्ञ आहुति, उपन्यासकार नयनराज पाण्डे, राष्ट्रिय मानवअधिकार आयोगकी आयुक्त मोहना अन्सारी र लेखक भूपिनले मैदारोको संयुक्त विमोचन गरे। 

विमोचनमा साहित्यकार आहुतिले उपन्यासको भाषिक क्षमताको चर्चा गरे । ‘शानदार भाषामा लेखिएको छ मैदारो’, उनले भने, ‘अनेकन बिम्ब र प्रतिकको प्रयोग यो उपन्यासको शक्ति हो ।’ उनले उपन्यासको राजनीतिक, सामाजिक र शैलीगत पाटोको चर्चा गरेका थिए। 

उपन्यासकार नयनराज पाण्डेले मैदारोको पात्र निर्माणको चर्चा गरे । एक चित्रकारलाई मुख्य पात्रको ?पमा स्थापित गर्ने सम्भवत पहिलो नेपाली आख्यान भएको पाण्डेको दावी थियो ।  उनले उपन्यासमा लेखनमा भुपिनले पर्याप्त धैर्य देखाएको समेत वर्णन गरे । ‘लोककथा र मिथकको प्रयोग यो उपन्यासको अर्को शक्ति हो’, पाण्डेले भने। 

मोहना अन्सारीले मैदारोमा विषयवस्तुलाई न्याय गरिएको धारणा राखिन् । ‘उपन्यासमा शैलीगत र विषयगत विविधता पाइन्छ’, अन्सारीले भनिन् ।   

उपन्यासकार भुपिनले आफूले सामाजिक यथार्थवाद र स्वैरकल्पनाको मिश्रण गरेर स्थानीय विषयलाई स्थापित गर्न खोजेको बताए। ‘आञ्चलिकताको प्रयोग स्थानीय स्वाद दिनका लागि मात्र होइन त्यहाँको विषयवस्तु स्थापित गराउन पनि हो’, उनले भने ।  

कार्यक्रम बुक हिलका अध्यक्ष भूपेन्द्र खड्काले फरक फरक विषय र शैलीका साहित्यलाई पाठकसमक्ष पु-याउन आफूहरू प्रतिबद्ध रहेको जनाए । पुस्तक बुक हिल पब्लिकेशनले प्रकाशन गरेको हो । 

 

 

 

प्रकाशित: ३० चैत्र २०७५ १४:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App