१६ वैशाख २०८१ आइतबार
image/svg+xml
कला

स्रष्टालाई बासु शशी सम्मान

काठमाडौं– वासु शशी स्मृति परिषद्को २५औ रजत जयन्ती अवसर पारेर पाँच स्रष्टालाई ‘बासु शशी साहित्य सम्मान २०७५’ प्रदान गरिएको छ। राजधानीमा मंगलबार एक कार्यक्रमकाबीच वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले साहित्यकारहरू श्रीधर खनाल, ज्ञान उदास, भागीरथी श्रेष्ठ, कल्पना प्रधान र श्रेष्ठ प्रिया पत्थरलाई नगद, दोसल्ला र सम्मानपत्रद्वारा सम्मान गरेका हुन्। सम्मानको राशी जनही १० हजार रुपैंया छ।

साहित्यकार खनाल छ दशकदेखि नेपाली भाषा साहित्य क्षेत्रमा सक्रिय छन् । उनको उपन्यास, हास्यव्यंग्य, फिल्म र टेलिफिल्मका कथा, केही साप्ताहिक पत्रिका सम्पादनसहित दुई दर्जन साहित्यिक कृति प्रकाशित छन्। साहित्यकार उदास विगत पाँच दशकदेखि नेपाली भाषा साहित्य क्षेत्रमा सक्रिय छन्। उनका कविता, गीत, गजल, मुक्तक, बाल कथासंग्रह, साहित्यकार–कलाकारहरूको हस्ताक्षर र केही साप्ताहिक पत्रिका सम्पादन सहित दुई दर्जन साहित्यिक कृतिहरू प्रकाशित छन्।

साहित्यकार श्रेष्ठ पनि विगत पाँच दशकदेखि नेपाली भाषा साहित्य क्षेत्रमा सक्रिय छिन्। उनका कथा, उपन्यास, लघुकथा, र केही साहित्यिक पत्रिका सम्पादनसहित डेढ दर्जन साहित्यिक कृतिहरू प्रकाशित छन्। बाल साहित्यकार प्रधान विगत पाँच दशकदेखि नेपाली भाषा सक्रिय छन्। उनको बालकथा, कविता, उपन्यास, कथासहित दुई दर्जन साहित्यिक कृतिहरू प्रकाशित छन्। साहित्यकार श्रेष्ठ प्रिया विगत तीन दशकदेखि नेपाली भाषा साहित्यक्षेत्रमा सक्रिय छन्। उनका कविता, गजल, उपन्यास, र केही साहित्यिक पत्रिका सम्पादनसहित एक दर्जन साहित्यिक कृतिहरू प्रकाशित छन्।

कार्यक्रममा साहित्यकार गोविन्द गिरी ‘प्रेरणा’ले वासु शशीको विविध व्यक्तित्वको चर्चा गर्दै सम्मानित प्रतिभाहरूको चिनारी प्रस्तुत गरेका थिए। कार्यक्रममा कवि एवं सम्पादक कैलाश भण्डारी लिखित संगीतकार नातिकाजीको जीवनीमा आधारित स्मृतिकाव्य ‘संगीत महर्षी नातिकाजी’ सार्वजनिक गरिएको थियो।

 

प्रकाशित: १५ चैत्र २०७५ ०५:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App