१९ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

गाउँपालिकाको गीत छनोट

सोलुखुम्बु – नेचासल्यान गाउँपालिकाले गाउँपालिकाको गानको रूपमा प्रयोग गरिने गीतको छनोट गरेको छ। गत भदौमा सार्वजनिक रूपमा गाउँपालिका गान आव्हान गरेको गाउँपालिकाले पुस २ गते नतिजा प्रकाशन गरेको थियो। १४ व्यक्तिको गीतबाट कृष्ण चौलागाईंको गीत ‘शिरमाथि गैरी तिलपुङ, सेतै हिउँ फूल्ने’ गाउँपालिका गानको लागि छनोट गरिएको गाउँपालिका अध्यक्ष डुफकुमार बास्तोलाले बताए।

गीत छनोटका लागि गायक तथा संगीतकार जसिहाङ राईको संयोजकत्वमा ५ सदस्यीय छनोट समिति गठन गरिएको थियो। समितिमा लेखिका डा. रेणुका ‘सोलु’, शान्ति शर्मा, राईबहादुर राई र भूपाल किराँती सदस्य थिए।

गाउँपालिकाको परिचय, भाषा, भूगोल, धर्म, संस्कृतिलाई प्रतिनिधित्व गर्ने गीतलाई छनोटमा पारेको अध्यक्ष बास्तोलाले बताए। गीतमा जसिहाङ राईको संगीत रहेको छ। गीतको काम अन्तिम चरणमा पुगेको गाउँपालिकाले जनाएको छ।

गीतकार चौलागाईंका अनुसार ४७ शब्द र १ सय १७ अक्षरमा गाउँपालिका गान तयार भएको हो। गीतकार चौलागाईं ओखलढुंगाको सिद्धिचरण नगरपालिका ८ पुरानो सल्लेरीमा जन्मिएका हुन्। हाल उनले हिमालदर्शन क्याम्पस नेचामा अर्थशास्त्र विषय अध्यापन गराउँदै आएका छन्।

चार अन्तराको संरचनामा तयार भएको गीतमा जसिहाङ राई, प्रवेश राई, ललित राई, मनराज राई, मूना राई, सुस्मा राई, बेनुका राईलगायतका नेचासल्यानका कलाकर्मीको स्वर रहेको छ। संगीतकार राईले प्राविधिक काम बाँकी रहेको बताए।

 

प्रकाशित: १३ चैत्र २०७५ ०२:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App