२७ पुस २०८१ शनिबार
image/svg+xml
कला

तीनलाई ‘नइ अन्तर्राष्ट्रिय पुरस्कार’

काठमाडौं – नइ प्रकाशनले अन्तर्राष्ट्रिय क्षेत्रका तीन स्रष्टालाई २०७५ सालको ‘नइ अन्तर्राष्ट्रिय पुरस्कार’ प्रदान गर्ने घोषणा गरेको छ। नइ प्रकाशनले दुई लाख रुपैयाँ राशिको ‘नइ देरुनीख अन्तर्राष्ट्रिय पुरस्कार’ संयुक्त रूपमा भारतका १ सय १ वर्षीया हायमनदास राई किराँत तथा ८६ वर्षीया डा. लक्खीदेवी सुन्दासलाई प्रदान गर्ने निर्णय गरेको हो।

नेपाली वाङ्मयको श्रीवृद्धिका लागि निरन्तर समर्पित रहँदै नेपाली भाषासाहित्यको अन्तर्राष्ट्रिय विस्तारमा समेत महत्वपूर्ण योगदान पुर्याएबापत उनीहरूलाई सो पुरस्कार समर्पण गरिने निर्णय भएको नइ प्रकाशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईंद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। यो पुरस्कार नेपाली–गोर्खाली मूलका विदेशी नागरिकलाई मात्र प्रदान गरिन्छ।

यसैगरी नेपाली भाषासाहित्यको अन्तर्राष्ट्रिय विस्तारका लागि सिर्जनात्मक र संगठनात्मक रूपमा निरन्तर समर्पित रहँदै विशिष्ट योगदानका निम्ति अमेरिकाका गोविन्द गिरी ‘प्रेरणा’लाई ‘नइ गणेशदुर्गा अन्तर्राष्ट्रिय पुरस्कार’ समर्पण गर्ने निर्णय प्रकाशनले गरेको छ। यो पुरस्कारको राशि एक लाख रुपैंयाँ रहेको छ। नइ प्रकाशनका अध्यक्ष इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको नइ प्रकाशनको बैठकले यो निर्णय गरेको हो। शताब्दी पुरुष डा. सत्यमोहन जोशीको १०० औं शुभजन्मोत्सवका अवसरमा आगामी वैशाख २८ गते काठमाडौंमा स्रष्टालाई पुरस्कार प्रदान गरिनेछ।
 

प्रकाशित: १० चैत्र २०७५ ०६:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App