२४ वैशाख २०८१ सोमबार
image/svg+xml
कला

जापानमा सांगीतिक धमाका

काठमाडौं – गल्कोट क्षेत्रमा आँखा अस्पतालको भवन निर्माण तथा शैक्षिक जागरण अभियान चलाउने उद्देश्यका साथमा जापानमा हालै ‘सांगीतिक धमाका’ सम्पन्न भएको छ। गल्कोट समाज जापानको अगुवाईमा भएको कार्यक्रम गत डिसेम्बर ३० मा सिजुओकाबाट सुरु भएर जनवरी २ मा टोकियोमा सकिएको हो।

कार्यक्रममा नेपालबाट गएका गायक प्रमोद खरेल, बिष्णु खत्री, कलाकार जितु नेपाल ‘मुन्द्रे’ र गायिका जुना श्रीषले आफ्नो प्रस्तुति दिएका थिए। डिसेम्बर ३० मा सिजुओकामा कार्यक्रम हुँदा डिसेम्बर ३१ मा ओसाका, जनवरी १ मा नागोया र जनवरी २ तारिखमा टोकियोमा कार्यक्रम भएको थियो।

कार्यक्रममा कलाकारहरूले आफ्नो प्रस्तुति दिएका थिए। गल्कोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले गल्कोट समाज जापानले गर्ने आगामी कार्यक्रममा गल्कोट नगर हातेमालो गर्न तयार भएको बताए। तारा गाउँपालिका प्रमुख प्रकाश घर्तीले सामाजिक कार्यसँगै लगानीमुलक कार्यक्रमहरू पनि ल्याउन आग्रह गरे।

कार्यक्रम संयोजक भवानी पन्तले तुरुन्तै समिक्षा बैठक बसी कार्यक्रमको सम्पूर्ण आम्दानी खर्च विवरण सार्वजनिक गर्ने बताए।

प्रकाशित: २६ पुस २०७५ ०२:३९ बिहीबार

जापान सांगीतिक_धमाका गल्कोट_समाज