११ मंसिर २०८१ मंगलबार
image/svg+xml
कला

लोक नाटक ‘लिलामे माइलो’ रिहर्सलमा

काठमाडौं– लोक नाटक लिलामे माइलोको मन्चनको अन्तिम तयारीमा जुटेको छ। नयाँ बानेश्वरस्थित थापागाउँ सिडिओटोलमा रहेको कुञ्ज थिएटरमा नाटकको रिहर्सल भैरहेको छ। 

कुञ्ज नाटक घरको प्रस्तुति रहेको नाटक मंसिर १४ देखि पुस ७ गते सम्म कुञ्ज नाटक घरमा मञ्चन हुने छ। नाटकको कथा/निर्देशकः प्रभाकर न्यौपाने, नाट्य रुपान्तरणः राज थापा काउचा, कलाकारहरु सलमान गुरुङ, निशा पाख्रिन, राजन भुजेल, पुष्प अवस्थी, विजय नेपाल, वीरेन्द्र खाती, अलविना न्यौपाने, विपना थापा लगायतका कलाकारहरुको भुमिका रहेको छ भने फोटोग्राफी डकुमेन्टेशन युसव गौतमले गरेका छन्। 

नाटक मोरङको पर्यटकीय क्षेत्र लेटाङ आसपासको मगर समुदायलाई आधार बनाएर तयार गरिएको छ। पात्रहरुको चरित्रमा वास्तविकता ल्याउन र दर्शकलाई नयाँ पन दिनको लागि नाटकको कलाकार सहितको टोली १ हप्ता सम्म मोरङको लेटाङस्थित राजारानी ताल आसपास क्षेत्रमा गई चरित्र निर्माणको लागि फिल्ड भिजिट समेत गरेको थियो।  

नाटकलाई देशका विभिन्न थिएटरहरुमा र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नाटक महोत्सबमा समेत मञ्चन गर्नेगरी तयारी गरिएको निर्माता गौतमले जानकारी दिए। नेपाल पश्चात नाटक भारतको सिक्किम, दार्जलिङ, सिलगुडी, असाम, थाइल्याण्ड, म्यानमारमा समेत प्रदर्शनको तयारी गरिएको उनले बताए। 

प्रकाशित: ४ मंसिर २०७५ ०५:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App