१९ आश्विन २०८१ शनिबार
image/svg+xml
कला

‘जात्रा’ पछि ‘जात्रै जात्रा’

काठमाडौं – दुई वर्ष अघि रिलिज भएको फिल्म ‘जात्रा’को सिक्वेल ‘जात्रै जात्रा’को घोषणा गरिएको छ । अघिल्लो फिल्मकै कलाकार बिपिन कार्की र वर्षा राउतको मुख्य भूमिका रहने फिल्मको बिहीबार राजधानीमा हास्य कलाकार हरिवंश आचार्यको उपस्थितिमा घोषणा गरिएको हो।

फिल्म ‘जात्रा’बाट निर्देशनमा डेब्यु गरेका निर्देशक प्रदिप भट्टराईले नै यो फिल्मको निर्देशन गर्नेछन् । ‘यो फिल्मले पैसाको मात्र कथा भन्दैन । यसपटक दर्शकले झन् धेरै सरप्राइज पाउनुहुनेछ  ,’उनले खुलाए, ‘जात्रा सकिएको ठाउँबाट नै ‘जात्रै जात्रा’को कथा अगाडि बढ्छ।’

फिल्मका नायक विपिन कार्कीले फिल्मको सिक्वेलमा जोड्नि पाउँदा उत्साहित रहेको बताए । ‘यसपटकको कथा विशेष छ । दर्शकका लागि एउटा सरप्राइज नै हो,’ उनले भने।

नायिका वर्षा राउत यसपटक पनि फिल्ममा बिपिनकी श्रीमतीको भूमिकामा देखिने छिन् । ‘जात्रा मेरा लागि करिअरको टर्निङ प्वाइन्ट बनेको थियो । यसले पनि मेरो करिअरलाई नयाँ मोड दिनेछ भन्ने आशा छ,’वर्षाले भनिन्।

फिल्मका कार्यकारी निर्माता रविन्द्र सिंह बानियाँले ‘जात्रा’ भन्दा राम्रो कथा नपाएसम्म यसको सिक्वेल नबनाउने घोषणा अनुरुप नै राम्रो कथा पाएकाले फिल्मको सिक्वेल बनाइएको बताए।

दसैंको पूर्णिमाको भोलिपल्टबाट छायांकनमा जाने फिल्ममा रविन्द्र सिंह बानियाँ, रविन्द्र झा, प्रकाश घिमिरे, सोहित मानन्धर, अन्जु महर्जन, सुस्मिता कार्की, प्रेम पाण्डे, कालु राना, प्रियंका झा र कविन्द्र त्रिपाठीको पनि अभिनय रहनेछ।

आगामी फागुन १७ गते रिलिज मिति घोषणा गरिएको फिल्ममा प्रदिपकै लेखन, सिंगे लामा र यादव पौडेलको निर्माण, शिवराम श्रेष्ठको छायांकन, मित्र डी गुरुङको सम्पादन छ । फिल्म काठमाडौंको असन र बौद्धमा छायांकन हुनेछ।

 

प्रकाशित: २९ आश्विन २०७५ २३:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App