२१ आश्विन २०८१ सोमबार
image/svg+xml
कला

‘राणाज्यूहरूको राज गयो’

काठमाडौं - काठमाडौंमा पुरानो माउजंग बाबुसाहेबको कोट भेटिएको छ । यो कोट वास्तविकतामा नभई नाटकमा भेटिएको हो। यही कोटमा आधारित नाटक ‘माउजंग बाबुसाहेबको कोट’ यतिबेला राष्ट्रिय नाचघर जमलमा मञ्चन भइरहेको छ।

साँंस्कृतिक संस्थान (नाचघर) र नाट्यकर्मी महासंघको सहकार्यमा रंग सारथीको प्रस्तुतिको रुपमा नाटक मञ्चन भइरहेका हो। यो नाटक कथाकार भवानी भिक्षुले लेखेको नाटक ‘माउजंग बाबुसाहेबको कोट’ मा आधारित छ। एक घण्टा ३० मिनेटको नाटक हाल कक्षा १० को नेपाली पाठ्यक्रममा समावेश छ । नाटकको निर्देशन विजय विस्फोटले गरेका हुन्।

शक्तिशाली व्यक्ति समय अन्तरालका कारण कमजोर बनेपछिको मनोदशा, हैसियतको मनोविज्ञान अभिजात्य दम्भको उत्कर्ष र अत्यन्त प्रख्यात व्राण्ड वेन्सन कोटलाई प्रतिक बनाएर अति सुक्ष्म ढंगले शासकीय पराजय र विवशापूर्वक स्वीकारोक्ति कथा नाटकभित्र छ।

नाटकमा रोहानी लामा, जेबी डीसी, कोपिला थापा, तुलसा पहाडी, अनिता थापा, किरण चापागाई, रोहित खत्री, दिलीप खड्का, बालकृष्ण रिजाल र छेदा शेर्पाको अभिनय छ। नाटकको परिकल्पना तथा परिचालक बालकृष्ण रिजाल तथा विज्ञान र संगीत सयोजन जेवी देउजा रहेका छन्।

कथानायक माउजंग बाबुसाहेब तत्कालिन राणा शासक निकटस्थ विश्वासिला पात्र हुन्। २००७ सालमा भएको राजनीतिक व्यवस्था परिवर्तनपश्चात उनको संवैधानिक हैसियत विर्तावालबाट साधारण व्यक्ति सरह हुन पुग्छ । सेनाका एक जर्नेलले माउजंगलाई उपहार स्वरुप दिएको ‘बेन्सन’ नामक व्राण्डेड कम्पनीको ओभरकोट अहिले दयनीय रहे पनि माउजंगका निम्ति त्यसको महत्व र मूल्य नयाँं हुँंदा जतिकै छ। यद्यपि कोटको नाजुक अवस्थालाई राम्रो ठाउँंमा लगेर संरक्षण गर्नतर्फ उनी चिन्तित हुन्छन्।

यसै क्रममा एकदिन उनलाई गृहमन्त्रीस्तरीय भव्य समारोहको निम्तो प्राप्त हुन्छ । सोही कारण उनी नेपालगञ्जदेखि भारतको लखनउसम्म कोट मर्मतका निम्ति पुग्छन्। कोटमा सजिएर गृहमन्त्रीको समारोहमा उनी सामेल हुन्छन् तर समारोहमा आएका एकजनाको अप्रत्यासित व्यवहारका कारण मक्किएको कोट नराम्रोसँंग उघ्रिन्छ। सो घटनाबाट माउजंग अत्यन्त दुःखी हुन पुग्छ। उनको अवस्था देखेर श्रीमतिले घटनाप्रति आफनो जिज्ञासा तेर्साउँंछिन्। प्रतिउतरमा माउजंगले छोटो जवाफ फर्काउछन्, ‘राणाज्यूहरुको राज गयो ।’ कथा यही संवादमा टुंगिन्छ।  

शक्तिशाली व्यक्ति समय अन्तरालका कारण कमजोर बनेपछिको मनोदशा, हैसियतको मनोविज्ञान अभिजात्य दम्भको उत्कर्ष र अत्यन्त प्रख्यात व्राण्ड वेन्सन कोटलाई प्रतिक बनाएर अति सुक्ष्म ढंगले शासकीय पराजय र विवशापूर्वक स्वीकारोक्ति कथा नाटकभित्र छ । शक्ति समय अनुसार उदय र विलय हुने नाटकमा देखाइएको छ।

नाटकका निर्देशक विस्फोटले व्यवस्था परिवर्तन भए पनि व्यवहार परिवर्तन नभएको नाटक वर्तमान अवस्थामा पनि समय सान्दर्भिक भएकाले नाटक मञ्चन गरिएको बताए। उनले नाटकका मुल पात्र माउजंग शक्तिमा नरहे पनि पहिलाको रवाफ छोड्न नचाहेको दृश्य अहिलेको लागि पनि सान्दर्भिक रहेको दाबी गरे।

भदौ २३ देखि प्रदर्शन सुरु भएको नाटक असोज ५ सम्म मञ्चन हुनेछ। २०४९ मा स्थापना भएको रंगसारथी नाट्य समूह तीन दशकदेखि निरन्तर नियमित रंगमञ्च यात्रामा सक्रिय छ।

प्रकाशित: ४ आश्विन २०७५ ०६:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App