२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

‘मेगा लाइभ कन्सर्ट’मा दीपक

काठमाडौं – गायक दिपक बज्राचार्यले आफ्नो सांगीतिक समूह ‘रिदम’ र ‘नेवारी सांस्कृतिक समूह’का साथ पूर्वको धरान र पथरीमा आफ्नो सांगीतिक प्रस्तुति दिने भएका छन्। 

आगामी भदौ २२ गते शुक्रबार पथरीको शनिश्चरेस्थित पथरी रंगशाला र भदौ २३  गते शनिबार धरानको पब्लिक स्कुलको मैदानमा आयोजना हुने ‘टुबोर्ग मेगा लाइभ कन्सर्ट २०१८’ मा गायक बज्राचार्य गुन्जिनेछन्। 

यो कन्सर्टमा दीपकले ‘काली काली हिस्सी परेकी’, ‘ओ अमिरा’, ‘समय’, ‘कति बस्छौ माईतीघरमा’, ‘अँध्यारोमा’, ‘मायाको डोरीले’, ‘जाऊ फर्केर जाऊ’, ‘म कुनै ऋतु हैन’, ‘तिमीलाई भुलेको छैन’, ‘नदुखेको मन जानी जानी’, ‘झुमी झुमी’, ‘सानी’ हुदै ‘मनमगन’लगायतका गीत गाउनेछन् । पछिल्लो समयमा दीपकले आफ्ना पुरानो गीतहरूमा नेवारी संस्कृति, नेवारी बाजाको प्रयोग गरिरहेका छन्। 

टुबोर्गको प्रस्तुति तथा सिल्भर इन्टरटेनमेन्ट र माउन्ट एभरेस्ट स्पोर्ट्स एण्ड इभेन्टको संयोजन तथा नेवाः दय दबुको सहभागितामा हुन लागेको कार्यक्रममा दीपकसँगै गायक डिल्ली फोम्बो र उनको ब्यान्ड ‘द बिमोक्स’, र्यापर बुलेट फ्लो (जीएक्स सोल ) ले पनि आफ्नो प्रस्तुति दिनेछन्।

 

प्रकाशित: १५ भाद्र २०७५ ०४:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App