२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

दोस्रो विश्वयुद्ध लडेका वरिष्ठ कलाकार भीमबहादुर थापाको निधन

काठमाडौं – वरिष्ठ कलाकार भीम बहादुर थापाको निधन भएको छ। बुधबार बिहान दुई बजेतिर ९२ वर्षीया थापाको निधन भएको हो। थापा लामो समयदेखि छाती र फोक्सोलकाे संक्रमणबाट ग्रसित थिए।

उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि बिहान १० बजेदेखि १२ बजेसम्म पशुपतिमा आर्यघाटमा राखिने कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ले बताए। उनले थापाको निधनले नेपाली कलाकारीता क्षेत्रले ठुलो क्षति व्यहोर्नु परेको बताए।

‘सबै भूमिकामा उत्तिकै पोख्त कलाकार हुनुहुन्थ्यो उहाँ’, उनले भने, ‘तितो सत्यमा मैले उहाँसँग काम गर्ने मौका पाएको थिए, उहाँ साह्रै उर्जाशिल र प्रेरणादायी हुनुहुन्थ्यो।’

झण्डै एक सयवटा चलचित्र र टेलिचलचित्रमा अभिनय गरेका थापाको जन्म वि.सं. १९८३ असार १३ गते खोटाङमा भएको हो। ब्रिटिश आर्मीमा भर्ना भएका थापाले दोस्रो विश्वयुद्धमा लडाईं लडेका थिए।

प्रकाशित: ३० जेष्ठ २०७५ ०४:२४ बुधबार

दोस्रो विश्वयुद्ध लडेका वरिष्ठ कलाकार भीमबहादुर थापाको निधन