२ चैत्र २०८१ शनिबार
image/svg+xml २१:३५ अपराह्न
कला/संस्कृति

साहित्यिक पत्रकार रोचक घिमिरे र साहित्यकार विजय चालिसेलाई अभिनन्दन

‘अभिनव साहित्य समाज’ ले २४ औंं वार्षिकोत्सवकाे अवसरमा विशिष्ट साहित्यिक पत्रकार रोचक घिमिरे र विशिष्ट साहित्यकार विजय चालिसेलाई अभिनन्दन गरेकाे छ।

अभिनव साहित्य समाजले ‘वेदमणि अभिनव गजल पुरस्कार’ बाट रामबहादुर पहाडीलाई सम्मान गरेको छ।

यसै अवसरमा गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’ काे ‘परिणति’ उपन्यासको लोकार्पण गरिएको छ।

कार्यक्रममा समाजका अध्यक्ष वेदमणिले रोचक घिमिरेको संक्षिप्त परिचय, लेखकीय मन्तव्य र धन्यवाद ज्ञापन प्रस्तुत गरेका थिए। मेनका आचार्यले स्वागत मन्तव्यकाे साथै अभिनन्दित विजय चालिसेकाे परिचय प्रस्तुत गरेका थिए। त्यस्तै परशुराम पराजुलीले पहाडीको विषयमा बाेलेका थिए।

अभिनवको २७७ औं नियमित मासिक कविता वाचन कार्यक्रम भएकाे छ। अन्य विशेष अतिथिमा पूर्व सचिव गोपी मैनालीले लोकार्पित उपन्यासकाे प्रकाश पारेका थिए। लाेकप्रिय स्रष्टा प्रह्लाद पोखरेल, युवराज मैनाली, बाजुराम पौडेल, निर्मणरमण पराजुली, खोलोघरे साहिँलो, सुरेन्द रिमाल, विश्वनाथ दाहाल, सीताराम सामकोटा, शर्मिला तिमल्सिना, दिव्यलक्ष्मी पोखरेल, सुरेशचन्द घिमिरे, कविराज घिमिरे, कृष्णप्रसाद पौडेल आदिले रचना वाचेका थिए।

शारदा पराजुलीले सञ्चालन गरेकाे कार्यक्रममा घनश्याम प्रसाई, बी.पी. इलामे र नवराज पुडासैले आआफ्नो व्यवस्थापकीय भूमिका निर्वाह गरेका थिए। इष्टपोल माविका विद्यार्थी, पतञ्जली तथा अनलाइनमा जोडिएका योगसाधकसाधिकाहरू, साहित्यकारहरू र शुभेच्छुहरूको सहभागिता रहेको थियो।

प्रकाशित: २५ फाल्गुन २०८१ १२:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App