४ फाल्गुन २०८२ सोमबार
image/svg+xml
कला

सम्धी, देश आइतबार बनाउनुपर्छ

सोमबार 

सत्ता टिकाउन षड्यन्त्र रच्नुपर्छ 

मङ्गलबार 

मैयाँजनलाई डुलाउनुपर्छ 

बुधबार 

विदेशीका पाउहरू ढोग्नुपर्छ 

बिहीबार 

बिचौलिया व्यवस्थापन गर्नुपर्छ 

शुक्रबार 

शत्रुहरूलाई नि यसो खेलाउनुपर्छ 

शनिबार 

साथीभाइ सोमपान गर्दै रमाउनुपर्छ

बिहान ह्याङओभर उत्रियो भने

सम्धी,

आइतबार देश बनाउनुपर्छ !

ओहो सम्धी !

यो आइतबार त आफन्त पोस्नुपर्छ 

त्यसो भए छाड्दिम् सम्धी, 

देश अर्को आइतबार बनाउनुपर्छ।

प्रकाशित: ५ भाद्र २०८१ १३:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App