१६ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

ज्योतिकाे प्रश्न: 'बिहे भाको छैन म,कुमारी नि हैन म' गीतबाट के बुझ्ने ?

लोकदोहोरी गायिका ज्योति मगरले फिल्म छक्का पन्जा ५ को गीतमाथि प्रश्न उठाएकी छिन्।

सामाजिक सञ्जालमा लेख्दै ज्योतिले छक्का पन्जा को गीत 'बिहे भाको छैन म,कुमारी नि हैन म' भन्ने गीत लाई कुन रुपमा लिनुहुन्छ भन्दै प्रश्न गरेकी हुन्।

उनले 'बिस्तारा ले पोल्यो', '३ महिने सुइँ लाउछे' जस्ता गीत हरु ले समाज भड्किलो बनायो भन्नेले यो गीतलाई कसरी लिएका होलान् भन्दै प्रश्न उठाएकी हुन्।

उनले लेखेकी छिन्, 'बिस्तारा ले पोल्यो', '३ महिने सुइँ लाउछे' जस्ता गीत हरु ले समाज भड्किलो भयो भन्दै भुक्ने हरु ले छक्का पन्जा को गीत 'बिहे भाको छैन म,कुमारी नि हैन म' भन्ने गीत लाई कुन रूप ले लिए होलान्... यो गीत को भाव बुझेनन् कि क्या हो... By the way  यो गीत ले पनि  बिहे गर्‍या छैन तर सम्भोग गर्याछु भन्या त हो नि...खोइ संस्कारी हरु भुक्दै भुकेनन् त...'

प्रकाशित: ३२ श्रावण २०८१ १४:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App