१० मंसिर २०८१ सोमबार
image/svg+xml
कला

बजेट

लघुकथा

“पुरानो समान दिनुहोस्। नयाँ सामान लिनुहोस्।’’ बाहिर कवाडीवाला चिच्यायो।

रामेश्वरी वृध्दा थिइन्। आँखा अलि कम देख्थिन्। उनले पुरानो चरेशको थालसँग कुकर साटिन्। अर्को नयाँ स्टिलको दुई बाटा लिइन्। उनी मनमनै असाध्य खुशी बनिन्। छोरालाई मक्ख पार्न साँझ नपर्दै खाना बनाउन थालिन्। छोरो आउनेबित्तिक्कै खाना पस्किन्।

खाना खाइसकेपछि रामेश्वरी बोलिन्, “हेर न बाबू! त्यो पुरानो चरेसको थाल मैले कवाडीलाई दिएँ। नाथे! पुरानो भाँडा किन राख्नु?’’

छोराको शरीर पसीनै पसीनाले निथ्रुक्क भयो। उनी भीरबाट खसेझैं भए। उनले वास्तविकता बताउँदै भने, “आमा, त्यो पुरानो चरेसको थाल कान्छो सुन हो। जसलाई अठार क्यारेटको सुन भनिन्छ। अहिले लगभग करोड पर्छ।’’

पछुताउँदै रामेश्वरी रुन थालिन्, “लौ न! मलाई सकेछ अपराधीले।’’

बुढी आमालाई किन गाली गर्नु? जे भयो भै त गयो। उनले मन बुझाए। आत्मजागरण क्रान्ति थियो।

आमालाई बोध गराउँदै उनले भने, “बजेट भाषण जस्तो भयो कि? कवाडीहरूले ललिपप देखाएर कमसल वस्तुसँग अमूल्य अस्तित्व साट्छन्। तिनका कार्यलाई सिर्जना मान्ने कि तिर्सना?’’

-बालकृष्ण गजुरेल

प्रकाशित: २० जेष्ठ २०८१ १३:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App