३० वैशाख २०८१ आइतबार
image/svg+xml
कला

राष्ट्रिय नाचघरमा गीतकार गीता खत्रीकाे साङ्गीतिक साँझ

गीतकार गीता खत्री साङ्गीतिक साँझ राष्ट्रिय नाचघरमा भव्य रूपमा सम्पन्न भएकाे छ। गीतकार संघ नेपालको आयोजनामा भएको उक्त्त कार्यक्रम गीता खत्रीका पिता कमलबहादुर खड्काले गणेश स्तुति भजन पाठ गरेर साथै आमा मखमली खड्काले कार्यक्रम सफलताको शुभकामना दिएर उद्घाटन भएकाे थियाे।

साङ्गीतिक साँझमा गीता खत्रीका १६ वटा गीत प्रस्तुत भएका थिए। ‘मेरो नेपाल’ बोलको गीत सामूहिक रूपमा प्रस्तुत गरिएको थियो भने ‘पिरतीको फूल’ र’ किन आज उदास’ निशा देशार, ‘तिमीसँग हाँस्छु’, ‘भरोसा छैन जीवनको’ र  ‘नजर पापी’ प्राश्ना शाक्य, ‘राति फुल्ने फूल’, र  ‘समय बगिरहेछ’ राज सागर,  ‘बाँझो खेतले बोलायो’ हरि लम्साल,  ‘कसरी रिझाऊँ’ छिरिङ भुटिया,  ‘कुहिरोभित्र’ विश्व नेपाली,  ‘बादलुको घुम्टो’ परिधि परियार,  ‘गुँड रित्तो’ संजय तुमरुख,  ‘अँधेरी रात’ र  ‘बसिसक्यो तिमीसँग’ बानिका प्रधान र  ‘मखमली मखमली’ संजय तुमरुख र निशा देशारको स्वरमा प्रस्तुति रहेको थियो।

प्रस्तुत कार्यक्रमको वाद्यवाद्यकहरू राजु सिंह संगीत संयोजक, दिनेशराज रेग्मी किबोर्ड साथै सहायक संगीत संयोजक रविन कार्कीढली सोलो भाइलिन,  सुरज प्रधान लिड गितार कुशल थापा, बेस गीतार संजिव मैनाली, बाँसुरी सुधिर चौधरी, तबला/मादल जेपि जोशी ढोलक र भुपेन्द्र रसाइली अक्टोप्याडको भूमिकामा रहेका थिए।

कार्यक्रममा वरिष्ठ गीतकारहरू, वरिष्ठ साहित्यकारहरू, गायक, संगीतकार, नाटककार जस्ता विशिष्ट व्यक्तित्वहरूकाे उपस्थिति रहेको थियो।

उक्त सांगीतिक साँझमा प्रस्तुत भएका सबै गीत स्वरुपराज आचार्य, नरेन्द्र प्यासी, पविता परियार, हरि लम्साल, सिर्जना लामा, सपना श्री, दीपक लिम्बू जस्ता स्थापित गायकहरूको स्वरमा रेकर्ड भइसकेका छन्।

 

भरोसा छैन जीवनको बोलको गीत त स्वयं गीता खत्रीकै स्वरमा रेकर्ड भएको छ भने मखमली मखमली बोलको गीत गीताका पिता कमलबहादुर खड्का र गीता खत्रीको स्वरमा रेकर्ड भएको छ।

यसरी प्रस्तुत भएका गीतहरू सुन्दै गर्दा कहिले रुवाए, कहिले हँसाए। माटोको माया, देशप्रेम, बुबाआमाको माया, प्रकृतिप्रेम, जीवनसाथीसँगको आत्मीय, विश्वास अनि भरोसा, परदेशको कथा, घरदेश रित्तिंदै गरेको चिन्ता जस्ता विविध संवेदनाले ओतप्रोत भाव व्यक्त भएका यी गीतहरू मार्मिक विषय उठान गरेका छन्।

यो भव्य कार्यक्रममा गीतकार संघ नेपालका अध्यक्ष वसन्त वित्यासी थापाले गीता खत्रीलाई डायस्पोरा गीतकार सम्मान-२०७८१५०००/- रूपैयाँ नगदसहित दोसल्ला र सम्मानपत्रले सम्मान गरेका थिए भने गीताका जीवनसाथी राम खत्रीलाई पनि खादा मालाले सम्मान गरेका थिए।

त्यस्तै कार्यक्रममा अहम् भूमिका निर्वाह गर्ने सबै कलाकारलाई कदरपत्रसहित सम्मान गरिएको थियो। वरिष्ठ फिल्म निर्देशक तथा साहित्यकार राजेन्द्र शलभको डिजाइनमा भएको उक्त कार्यक्रम सञ्चालकको भूमिकामा मन्दिरा ढुङ्गेल थिइन्।

प्रकाशित: १६ वैशाख २०८१ १०:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App