२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

पाेखरामा पुस्तक साटासाट

र्‍यान्डम रिडर्स सोसाइटीले विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवसका अवसरमा पुस्तक आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ।

सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले पुस्तकका माध्यमबाट जीवन बुझ्न सघाउ पुग्ने धारणा राखे।

युनेस्कोले मानव जातिको आवश्यकतालाई महसुस गरी विभिन्न दिवसहरूको घोषणा गर्ने क्रममा स्थापित पुस्तक दिवस निकै महत्त्वपूर्ण भएको बताए। पुस्तक दिवसले पठन संस्कृतिको विकासमा विशेष भूमिका खेलेको उनको भनाइ थियो।

कतिपयले पुस्तक देख्न नपाएका र देख्न पाए पनि पढ्न नपाएका व्यक्तिहरू अझै विश्वमा रहेको प्रसङ्ग कोट्याउँदै सरुभक्तले पढ्न बाँकी विश्वका मानिसले पनि पुस्तक पढ्न् पाउन् भन्ने कामना गरे।

सचिव नेपाल प्रकाश अधिकारीको सञ्चालनमा भएको कार्यक्रममा उपस्थित करिब ५० जनाले एकापसमा पुस्तक साटासाट गरेर पुस्तक दिवस मनाएका थिए। सोसाइटी हरेक वर्ष २३ अप्रिलमा पुस्तक दिवसमा पुस्तक आदानप्रदानसँगै विविध कार्यक्रम सञ्चालन गर्दै आएको छ।

उक्त अवसरमा सोसाइटीले साहित्यकार प्रकट पगेनी ‘शिव’ को स्मृति सभा पनि मनाएकाे थियो। उनकै शोकमा सोसाइटीले वैशाख महिनाको नियमित कार्यक्रम स्थगित गरेको जानकारी सो अवसरमा दिइएको थियो।

प्रकाशित: १३ वैशाख २०८१ १३:२२ बिहीबार

र्‍यान्डम रिडर्स सोसाइटी विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस