२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

‘बीस वर्षको लाङटाङ’ : राजधानीमा प्रदर्शनी हुँदै

राजधानीमा पछिल्लो २० वर्षमा खिचिएका लाङटाङका तस्बिरहरू प्रदर्शनी हुने भएको छ। त्रिभवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालय, पुस्तकालय तथा सूचना विज्ञान केन्द्रीय विभाग र त्रिभुवन विश्वविद्यालय केन्द्रीय प्राणीशास्त्र विभागको संयुक्त आयोजनामा काठमाडौंमा लाङटाङका तस्बिरहरू प्रदर्शनी हुने भएको हो।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयको हलमा दुईदिने फोटो प्रर्दशनी हुने भएको हो। फोटो प्रदशनी चैत १९ र २० मा विश्वविद्यायलयको नयाँ भवनमा हुने छ। प्रदर्शनी बिहान ११ बजेदेखि ४ बजेसम्म हुने जनाइएको छ।

प्रदर्शनीमा करिब २० वर्षदेखि बर्सेनि नेपालको लाङटाङ भ्रमण गर्दै त्यहाँको तस्बिर खिच्दै आएको वासिङ्टन विश्वविद्यालयका प्रा.डा. रान्डल सी काइजका तस्बिरहरू हुनेछन्। साथै विगत ११ वर्षदेखि प्रत्येक वर्ष लाङटाङ पुगेर डा. नारायणप्रसाद कोजूले खिचेका तस्बिर र निओ फ्युजन स्कल अफ कम्प्युटर भक्तपुरका निर्देशक बालकृष्ण बनमालको फोटो प्रदशनीमा राखिने जनाइएको छ।

‘लाङटाङ राष्ट्रिय निकुञ्जमा हुँदै आएको पर्यावरणीय परिवर्तन, जैविक परिवर्तन, भूकम्पअघि र पछिको लाङटाङ स्वरुपका झल्काउने कोसिस गरेका छौं’, डा. कोजुले भने। यसले प्रदर्शनीमा अवलोकन गर्न आउनेलाई लाङटाङ नपुगे पनि पुगेको महसुस हुने छ।

प्राडा नारायणप्रसाद कोजुले आफूले लाङटाङ राष्ट्रिय निकुञ्जभित्रको मानव बस्ती, तिनका जीवनशैली, वाइडलाइफको झल्काउने एक सयवटा तस्बिर प्रर्दशनीमा राखिने बताए। साथै २०७२ को भूकम्पअघि र पछि लाङटाङमा भएको परिवर्तनलाई झल्काउने तस्बिर रहेको डा. कोजुले जनाए।

प्रर्दशनीमा सन् २००२ देखि २०२३ सम्मको एक सयवटा फोटो राखिने छन्। लाङटाङको २० वर्षभन्दा बढी पुराना फोटो प्रदर्शनीमा समावेश हुने छ।  

केही समयपछि यसमा थप ८० वटा फोटो राखेर पुस्तक प्रकाशन गर्ने योजना रहेको उनले जानकारी दिए। त्रिभुवन विश्वविद्यालयको रेक्टर प्राडा भार्गभ धितालद्वारा फोटो प्रर्दशनीको उद्घाटन गरिने उनले जानकारी दिए।

प्रकाशित: १७ चैत्र २०८० १०:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App