२० आश्विन २०८१ आइतबार
image/svg+xml
कला

साहित्यकार लेकाली र सन्तापको धून पुरस्कृत

चितवन साहित्य परिषद्ले प्रत्येक वर्ष प्रदान गर्दै आइरहेको चिसाप गायत्री सरस्वती साहित्य पुरस्कार यस वर्ष साहित्यकार राधेश्याम लेकालीलाई प्रदान गरेको छ। नगद ३५,०४५/-  रूपैयाँसहित सम्मानपत्र रहेको सो पुरस्कार कार्यक्रमका प्रमुख अतिथि साहित्यकार कोषराज न्यौपानेले लेकालीलाई हस्तान्तरण गरिएकाे थियाे।

यसैगरी चिसाप गीताश्री साहित्य पुरस्कार नगद ३५,०४५/- रूपैयाँसहित कथाकार डा.अशोक थापाको सन्तापको धून कथाकृतिलाई प्रदान गरिएको छ।

चितवन साहित्य परिषद्का अध्यक्ष साहित्यकार केदारनाथ खनालको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा पुरस्कृत लेकालीको परिचय चिसापका निवर्तमान अध्यक्ष साहित्यकार  सुरेन्द्र अस्तफलले र डा।अशोक थापाको परिचय साहित्यकार जगन्नाथ पण्डितले गरेका थिए। 

 

कार्यक्रममा प्रमुख अतिथि न्यौपाने, सभापति खनाल, पुरस्कार संस्थापक एवं चिसापका पूर्व अध्यक्ष साहित्यकार गायत्री श्रेष्ठ, अर्का पुरस्कार संस्थापक संविधानसभाकी सदस्य गीता वाग्ले, पुरस्कृत साहित्यकारहरू राधेश्याम लेकाली र डा. अशोक थापा, चितवन महानगरपालिका प्रज्ञाप्रतिष्ठानका कुलपति इन्द्र रेग्मी, कवि डाँडाका अध्यक्ष साहित्यकार एलबी क्षेत्री लगायतले आआफ्नो मन्तव्य राखेका थिए।

कार्यक्रममा कविहरू उषा तिवारी, प्रकाश चापागाईं  र पारु तिमिल्सिनाले आआफ्नो कविता वाचन गरेका थिए। कार्यक्रमलाई परिषद्का सचिव नवराज ढुंगानाले सहजीकरण गरेका थिए।

कार्यक्रममा साहित्यकारहरू- केशवकुमार श्रेष्ठ, लकाश पौडेल, श्यामजी अतिथि, धनराज गिरी, बालकृष्ण थपलिया, शान्ति शर्मा, सरला श्रेष्ठ, उदय अधिकारी, डा.एकनारायण पौडेल, श्रीभक्त अच्युत, गोपी सापकोटा, कृष्ण कँडेल, गायत्री अधिकारी, चिराग भण्डारी, पूर्णप्रसाद अधिकारी, टीका रेग्मी लगायत विभिन्न संस्थाका अध्यक्षहरुको उपस्थिति रहेको थियो।

प्रकाशित: २ चैत्र २०८० ०९:५७ शुक्रबार

अक्षर