६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
कला

५९ वर्ष पुगे आमिर खान

भारतीय फिल्ममा ‘मिस्टर पर्फेक्टसनिस्ट’को संज्ञा पाएका अभिनेता आमिर खान बिहीबार ५९ औं जन्मदिन मनाउँदैछन्।

८ वर्षको उमेरबाट अभिनय सुरु गरेका उनले ३० वर्षको फिल्मी करियरमा ४८ फिल्म दिएका छन्। जसमा धेरै हिट छन्।

सन् २०१६ मा रिलिज भएको ‘दंगल’ अझै पनि भारत र हिन्दी भाषामा सबैभन्दा धेरै कमाउनेमध्येको एक फिल्म हो। आमिरले कुनै अवार्ड लिएका छैनन्। यदि उनलाई अवार्ड दिइयो भने पनि अवार्ड अस्वीकार गर्छन्।

बलिउड कलाकारहरू अवार्ड समारोहमा आफ्नो प्रस्तुति दिएर महँगो पारिश्रमिक लिन्छन् तर आमिर भने कुनै अवार्ड समारोहमा सहभागी हुँदैनन्। पछिल्लो समय उनी सन् १९९५ मा फिल्मफेयर अवार्ड समारोहमा सहभागी भएका थिए।

१४ मार्च १९६५ मा बम्बई (अहिले मुम्बई) मा जन्मेका आमिरका पिता ताहिर हुसैन एक प्रसिद्ध फिल्म निर्माता थिए। काका नासिर हुसैन एक प्रसिद्ध निर्देशक थिए। चार दाजुभाइमध्ये जेठा आमिरको पूरा नाम मोहम्मद आमिर हुसैन खान हो। उनी स्वतन्त्रता सेनानी मौलाना आजाद र भारतका तेस्रो राष्ट्रपति जाकिर हुसैनका सन्तान हुन्।

प्रकाशित: १ चैत्र २०८० १४:०० बिहीबार

आमिर खान