६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
कला

डा. रमेश भण्डारीको नयाँ गीत ‘कसरी भनूँ म’ सार्वजनिक

टिचिङ अस्पतालका कलेजो रोग सर्जन डा.रमेशसिंह भण्डारीले नयाँ गीत ‘कसरी भनूँ म ’ सार्वजनिक गरेका छन्। उनले शुक्रवार युट्युवमार्फत सार्वजनिक गरेका हुन्। डा. भण्डारीको शब्दतथा लय र स्वर भरेका हुन्। गीतको एरेन्ज भने प्र्रदिप जोशीले गरेका हुन्।

म्यूजिक भिडियोको अनिलकुमार मानन्धरको निर्दशनमा अभिनयचाहिं डा. भण्डारीकै रहेको छ। यसअघि नै नीलो आकाश,मायालु आज, तिम्रो नै माया, किन होला लगायत गीतहरू आफ्नै लय र शब्दमा गाइसकेका छन्।

त्यसैगरी पर्व प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा रचना भएको गीत ‘नमूना नेपाल’ मा पनि लय र स्वर दिएका थिए। यसअघि नारायण गोपालको गीत ‘कुन मन्दिरमा जान्छौ यात्री’ मा कभर गीत गाएका थिए।

शुक्रवार सार्वजनिक भएको यो गीतको संगीत, भिडियो सबै आफैलाई राम्रो लागेको डा. भण्डारीले बताए। ‘यो गीत धेरै दर्शक स्रोताले मन पराउनुहुन्छ भन्ने लागेको छ’ डा. भण्डारीले शुक्रवार साँझ भने।

पहिलादेखि नै गीत गाउन र गितार बजाउन पोख्त भण्डारीले शनिवारको दिन गीत गाउने, लेख्ने साधना गर्ने गरेको र अरू दिन साँझबिहान पनि साधना गर्ने गरेको सुनाए। ‘इच्छा भए जुन बेला पनि गर्न सकिन्छ’ उनले भने । थप तीन  वटा गीत गाउने तयारीमा रहेको उनले सुनाए।

प्रकाशित: ५ फाल्गुन २०८० १०:४१ शनिबार

अक्षर गीत