६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
कला

तर्किदै भाग्नुपर्नेसँग कहिलेकाही भेट्न मरिमेटी हुन्छ!

मुक्तक

(१) मुक्तक

सिक्का उहीं हो कहिले टिला हुन्छ कहिले भेटी हुन्छ,

तर्किदै भाग्नुपर्नेसँग कहिलेकाही भेट्न मरिमेटी हुन्छ।

परिवर्तन शाश्वत सत्य हो रोकिन्न, छेकिन्न चलिरहन्छ,

उहीं मान्छे, तर कहिले डेरावाल कहिले घरबेटी हुन्छ।

 (२) मुक्तक

सिलौटो लोहोरो नै छैन के गर्नु पिस्नुको कुरा,

साग नै नचिन्नेलाई के मतलब सिस्नुको कुरा।

मीठीनमिठो छुट्याउने त जिब्रोको काम हो नि,

सधैं लिफ्ट चढेकालाई के थाहा लिस्नुको कुरा।

 (३) मुक्तक

जब घाम डुब्यो, पानी रोकियो छाता धेर भयो,

बस छुटेसी आयौ तिमी,अलिकति अबेर भयो।

दुनियाँले के भन्छ? केही मतलब भएन हजुर,

धार्नी लाग्छ तिमी मलाई, तर कसरी सेर भयो।

 (४) मुक्तक

सबै कुरा सहजै कहन पनि त सकिन्न,

सधैं यथास्थितिमा रहन पनि त सकिन्न।

सीमा नाघ्दा सोचविचार गरौं महाशय,

सदा चुपचाप रही सहन पनि त सकिन्न।

 (५) मुक्तक

यो देशले सक्षम चालक पाएन वा वाहन पाएन,

किन दुनियाँले खोजेको सुनौलो विहान पाएन।

जनता रोग र भोकमा हुँदा नेतृत्व सत्ता छटपटीमा,

न बाँच्दा उपचार पायो, मर्दा सजिलै चिहान पाएन।

प्रकाशित: २६ माघ २०८० १०:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App